AArya
RUMPUM
animated ellipse animated ellipse

साउदी अरेबियालाई पराजित गर्दै उरुग्वे विश्वकपको नकआउट चरणमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ असार २०७५, बुधबार २२:५६
3
Shares
विराटनगर / साउदी अरेबियालाई पराजित गर्दै उरुग्वे विश्वकप–२०१८ मा अन्तिम १६ को पुगेको छ । उरुग्वेले समूह ’ए’ अन्तर्गत आज सम्पन्न भएको खेलमा साउदी अरबियालाई १–० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

लगातार २ खेलमा हारसँगै साउदी अरेबिया समूह चरणबाटै बाहिरिएको छ । साउदी अरेबियाले उद्घाटन खेलमा आयोजक राष्ट्र रसियासँग ५–० फराकिलो गोल अन्तरले पराजित भएको थियो ।

उरुग्वेको जितमा लुइस सुआरेजले गरेको गोलनै निर्णायक सावित भयो । आजै सयौं अन्तराष्ट्रिय खेल खेलेका सुआरेजले २३ मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टिम थप गोल गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर