सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट गुन्डा नाइके अभिषेक गिरीले पाए सफाइ

खबर पूर्वाञ्चल, ६ असार २०७५, बुधबार १५:२६

विराटनगर / सम्पत्ति शुद्धीकरण मुद्दामा विराटनगरका ‘गुण्डा नाइके‘ अभिषेक गिरीलाई विशेष अदालतले सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, चण्डिराज ढकाल र नारायणप्रसाद पोखरेलको इजालसले सफाइ दिएको हो।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले २०७० जेठ ५ मा गिरीसहित ५ गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। सो मुद्दामा विभागले उनीहरुले करोडौं रकम अवैध श्रोतबाट आर्जन गरेको दाबी गरेको थियो।

विशेष अदालतले यसअघि नै गुण्डा नाइके तथा मनाङका प्रदेशसभा सांसद समेत रहेका राजीव गुरुङ (दीपक मनाङे), पर्शुराम बस्नेत र चक्रे मिलन लगायतलाई सफाइ दिइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५