पूर्वाञ्चल खबर
आगामी असार १० गते महानगरको नगरसभा मार्फत वजेट ,नीति तथा कार्यक्रम पारित गर्दे छ । सो कार्यका लागि महानगरले विभिन्न संघ,संस्था र समाजिक व्यक्तित्वहरुवाट छुट्टा छुट्टै सुझाव संकलन गर्दै छ । महानगरले गरेको कार्यक्रममा सुझाव दिने अधिकांशले विराटनगरका निर्माणाधिन सडक समयमै सम्पन्न गर्नु पर्ने,खानेपानी ,विद्युत र फोहरमैला व्यवस्थापनमा ध्यानदिनु पर्नेलगायतका कुराहरु राखेका छन् ।
कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले आवश्यक सवै सुझावहरुलाई कार्यान्वयनमा ल्याउने र त्यसका लागि टिपोट गरी दस्तावेज गरिन लागेको जानकारी दिए । सो कार्यक्रममा विराटनगर महानगरका उपमेयर इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल,नेकपाका प्रतिनिधिहरु सागर थापा र शारदा मैनाली,नेपाली कांग्रेसका अरुण न्यौपाने ,राप्रपा नेपालका माधव आचार्य,राजपाका मो.नसरुल ,संयुक्त टोलसंगठनका राजेश मास्के ,केदार कार्की, पव्लिक फोरमका उत्तम ढुङेल,वपरडेककी संजु साहलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।