मेयरकप अन्तर बिद्यालय फूटबलमा पिसजोनको बिजयी सुरुवात

खबर पूर्वाञ्चल, ४ असार २०७५, सोमबार २१:२०

सुनसरी / इटहरीमा आजदेखि सुरु भएको मेयरकप अन्तर बिद्यालय फूटबल प्रतियोगितामा पिसजोन उच्च माबिले बिजयी सुरुवात गरेको छ ।

इटहरीस्थित क्षेत्रिय रंगशालामा भएको उद्धघाटन खेलमा पिसजोनले युनिभर्सल स्कूललाई ३–० गोल अन्तरले पराजित गरेको छ । पिसजोनको जीतमा क्याप्टेन रितेश शाहीले २ गोल गर्दा विशाल रसाइलीले १ गोल गरे । पिसजोनका शाही म्यानअफ द म्याच घोषित हुदै नगद ५ सय र ट्रफी हात पारे । मंगलबारको पहिलो खेल सेक्रेडहार्ड स्कूल र गोदावारी बोर्डिङ स्कूलबिच हुनेछ भने दोस्रो खेल पूर्वाञ्चल बोर्डिङ स्कूल र ब्लुमिङ बोर्डिङ स्कूलबिच हँुदा तेस्रो खेल कोशी सेन्टजेम्स स्कूल र वाइ प्वाइन्टिङ स्कूलबिच हुने आयोजकले जनाएको छ ।

इटहरी फूटबल ट्रेनिङ सेन्टरको आयोजना तथा इटहरी उपमहानगरपालिकाको संयोजनमा सुरु भएको प्रतियोगिताको विजेताले नगद ३० हजार तथा दोस्रो हुनेले नगद २० हजार र ट्रफी पाउने आयोजक कमीटीका अध्यक्ष श्याम मानन्धरले जानकारी दिए । प्रतियोगिताको सुनसरी जिल्ला खेलकुद विकास समितीका अध्यक्ष अनुरोध थापाले उद्धघाटन गरे । असार १२ गतेसम्म चल्ने प्रतियोगितामा इटहरी क्षेत्रभरीका संस्थागत तथा समुदायिक बिद्यालय गरी २५ टिमको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५