AArya
RUMPUM
animated ellipse animated ellipse

सामाजिक दबाबपछि बाल विवाह रोकियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ असार २०७५, सोमबार १९:५४
3
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिका वडा नम्बर ५ मा उमेर नै नपुगी गर्न लागिएको किशोरीको विवाह सामाजकै पहलमा रोकिएको छ ।

साविक भौडाहा गाविसको खयरबना टोलकी १६ वर्षीया एक राजवंशी किशोरीको विवाह तय भएकोमा सामाजिक संस्था नारी विकास संघ र वल्र्डभिजनको पहलमा सार्वजनिक छलफल गराइ विवाह रोक्न लगाइएको संघकी कार्यक्रम अधिकृत सरिता अधिकारीले जानकारी दिइन । आज वडा कार्यालयका प्रतिनिधि, राजीनितक दलका नेता, प्रहरी, सामाजिक संघसंस्थाका अगुवासमेतको सहभागितामा भएको छलफलपछि ती किशोरीको विवाह नगर्न सुझाव दिएपछि परिवार राजी भएको थियो ।

कक्षा १० मा स्थानीय विद्यालयमा पढ्दै आएकी किशोरीको विवाह नातामा आफ्नै भिनाजुसँग गर्ने गरी तयारी भएकोमा परिवारले सामाजिक सुझावपछि रोक्ने निर्णय गरेको थियो । मोरङका ग्रामीण क्षेत्रमा अहिले पनि बालविवाह हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर