पूर्वाञ्चल खबर
नाइजेरियाका एटेबोले ३२ औं मिनेटमा क्रोएशियालाई आत्मघाती गोल उपहार दिएका थिए । त्यसपछि ७१ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमार्फत गोल गरे । कालिनिग्राद स्टेडियममा भएको खेलमा विलियम इकोकले ७१ औं मिनेटमा मोजुकिचलाई डिबक्सभित्र लडाएपछि रेफ्रिले क्रोएशियालाई पेनाल्टी दिए । यो पेनाल्टीलाई लुकाले सदुपयोग गर्दै बललाई जाली चुमाए ।
यसअघि नाइजेरियाका एटेबोले ३२ औं मिनेटमा आफ्नै पोष्टमा गोल गर्दै क्रोएशियालाई पहिलो गोलको रुपमा उपहार दिएको थियो । क्रोएशियाको मोजुकिचले गरेको हेडिङलाई बचाउन खोज्दा एटेबोले बललाई आफ्नै पोष्ट दिसा देखाएका थिए ।
विश्वकपको समूह सि को खेलमा डेनमार्कले पेरुलाई १– ० को गोल अन्तरले पराजित गरेको छ। तुलनात्मक रुपमा राम्रो प्रदर्न गरेको पेरुका लागि कुनै पनि खेलाडीले बललाई गोलपोष्टमा छिराउन सकेनन्। यतिसम्म की पेरुका खेलाडीले पेनाल्टीलाईसमेत गोलमा रुपान्तरण गर्न सकेनन् । पेरुले ४५ औँ मिनेटमा पेनाल्टी पाएको थियो। तर त्यसलाई सदुपयोग गर्न सकेन। डेनमार्कका लागि युसुफ पउलसेनले ५९औँ मिनेटमा गरेको
गोलनै खेलको निर्णायक भयो । शनिबार भएको पहिलो खेलमा फ्रान्स २–१ले अष्ट्रेलियासँग विजयी भएको थियो भने दोस्रो खेलमा अर्जे्न्टिनाले आइसल्यान्डसँग एक एक गोलको बराबरी खेलेर अंक बाँडेको थियो।