पूर्वाञ्चल खबर
नेकपाका अध्यक्ष तथा पूर्वप्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार लम्साल र कर्णलाई कदरपत्र प्रदान गरेर सम्मान गरे । एक नम्बर प्रदेशको आर्थिक विकासबारे प्रिन्ट मिडिया मार्फत निष्पक्ष रुपमा खोजमुलक समाचारहरु निरन्तर प्रकाशन गरेर योगदान दिएकोले प्रोत्साहनकालागि विशेष समारोहमा सम्मान गरेको उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायले बताए ।
सोही अवसारमा मकालु टेलिभिजनका पत्रकार नविनचन्द्र कर्ण सहित उद्योगी राजकुमार गोल्छा , वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, नेपाल बिद्युत्त प्राधिकरणका एक नम्बर प्रदेश कार्यालयका निर्देशक व्रर्जभूषण चौधरी , कृषी बिज्ञ डा राजेन्द्र उप्रेती मोरगका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चाय , राष्ट्रिय अनुसन्धान कार्यालय मोरगका उपनिर्देशक बिमल डंगोल छन् । यसैगरि उद्योग संगठनका पूर्व अध्यक्ष स्वर्गीय महेन्द्र गोल्छा र सस्थापक अध्यक्ष जुद्धबहादुर श्रेष्ठलाई मरणोपरान्त सम्मान गरियो । स्वर्गीय श्रेष्ठको सम्मान छोरा विनोदबहादुर श्रेष्ठ र गोल्छाको सम्मान उनकी धर्मपत्नी राज्यलक्ष्मी गोल्छाले ग्रहण गरेकी थिइन ।