फाइनलमा पुगेका प्रतियोगिले देखाए प्रतिभा

खबर पूर्वाञ्चल, २६ जेष्ठ २०७५, शनिबार २१:३६

विराटनगर / मिस एण्ड मिस्टर टिन पूर्वाञ्चलको फाइनलमा पुगेका प्रतियोगिहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

आउँदो असार २ गते विराटनगरमा हुने उक्त प्रतियोगिताको फाइनलमा पुगेका ४४ जना प्रतियोगिहरुले आज ट्यालेन्ट शोमा आफ्नो प्रतिभा प्रस्तुत गरको हुन् ।

ट्यालेन्ट शोमा उनीहरुले नृत्य, गीत, अभिनयलगायतको विभिन्न विधामा आफ्नो प्रतिभा देखाएका थिए । टयालेन्ट शो उत्कृष्ट हुने मिस्टर एण्ड मिस ट्यालेन्ड एवार्ड प्राप्त गर्नेछन् । यस एवार्ड फाइनलमा दिन प्रदान गरिने आयोजकले जनाएको छ ।
मिसतर्फ २२ र मिस्टर तर्फ २२ जना प्रतियोगिहरु फाइनलमा पुगेको आयोजक समितिका निर्देशक जतिन तम्राकारले जानकारी दिए । यस अघि बन्द प्रशिक्षणमा उनीहरुलाई व्याक्तित्व विकास सम्बन्धी विभिन्न कार्यक्रमहरुमा सहभागि भइसकेको छन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५