AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्व मिस नेपाल मलिना जोशी -मिस नेपाल यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा नियुक्ति

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ जेष्ठ २०७५, मंगलवार १६:४६
3
Shares
विजय थापा
वाशिंगटन डिसी /अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी नियुक्ति भएकी छिन् ।

टेक्ससको ड्यालसमा आगामी अगस्ट १९ ,२०१८ आइतबारका दिन हुने उक्त कार्यक्रमको लागि मलिनालाई छनौट गरिएको आयोजकले जानकारी दिएका छन् ।

सन् २०१४ मा पनि मिस नेपाल यूएस को आधिकारिक प्रशिक्षक बनि सकेकी मलिनालाई दोश्रो पटक पुन:आयोजक संस्थाले नियुक्त गरेको हो। मलिना एसियन पेन्ट्स कि ब्रान्ड इन्डोरसर ,डिस होम कि ब्रान्ड सद्भावदुत ,मिस भुटान युएसए कि आधिकारिक कोरियोग्राफी ,मिस नेपाल क्यालिफोर्निया कि आधिकारिक कोरियोग्राफी ,बिश्व बन्य जन्तु नेपाल कि पूर्व युवा संरक्षण लगायतमा उनले काम गरि सकेकी छिन् ।

मिस नेपाल यूएस २०१८ को बिजेतालाई $ ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिने छ । साथै प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ बर्षका युवतीहरु प्रतियोगितामा सहभागिता लिन पाउने छन् । उक्त प्रतियोगिताको आवेदन खुला भएकोले प्रतियोगीहरुले निवेदनहरु दिन सुरु गरि सकेका छन् । जुन २३ तारिख दरखास्त दिने अन्तिम म्याद रहेको छ ।

साथै नेपाली अमेरिकी युवा प्रतिभा, सुन्दरता, संस्कृति, ज्ञान र शक्तिलाई समाजको नेतृत्व गर्न र उल्लेखनीय प्रभाव छोड्नको लागि प्रदर्शन गर्न आयोजकले आब्हान गरेका छन् । ​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर