पूर्वाञ्चल खबर
आइतबार भएको अक्सनमा सन्दीपलाई मोन्ट्रिइल टाइगर्सले लिएसंगै उनले करिअरमा अर्को फड्को मारेका हुन् । यस अघि सन्दीपलाई इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट २० लाख भारुमा किनेको थियो । आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्ने क्रममा सन्दीपले ३ खेलमा ५ विकेट लिएका थिए ।
उत्तर अमेरिकामा हुन लागेको पहिलो फ्रेन्चाइज प्रतियोगितामा सन्दीपलाई टाइगर्सले छैटौं चरणमा लिएको हो । श्रीलंकाका तीव्र गतीका बलर लासिथ मालिङ्गा मार्की खेलाडी रहेको टाइगर्समा वेस्ट–इन्डिजका सुनील नारिन, श्रीलंकाका थिसारा पेरेरा, पाकिस्तानका मोहम्मद हाफिज, वेस्ट–इन्डिजका दिनेश रामदिन, जिम्बावेका सिकन्दर राजा र र अफगानिस्तानका नाजिबुल्लाह जार्डान पनि टाइगर्समा आवद्ध भएका छन् । पहिलो चरणका खेलाडीले ९० हजार अमेरिकी डलर पाउने बताइएको छ । त्यसअनुसार छैटौं चरणमा परेका सन्दीपले ४० हजार डलर पाउनेछन् । क्यानडा लिग जुन २८ देखि सुरु भई जुलाई १६ सम्म हुनेछ ।