खबर पूर्वाञ्चल
तिब्बत सरकारले सात करोड ७४ लाख मूल्य बराबरको १८ प्रकारका पठाएको स्वास्थ्य सामग्री हस्तान्तरणबाट यस प्रदेशमा कोरोनाको उपचारमा व्यवस्थित हुने विश्वास लिइएको छ ।
मुख्यमन्त्री शेरधन राईले कोरोनाबाट प्रभावित यस प्रदेशमा शुरुदेखि नै प्रदेश सरकारले रोकथाम, नियन्त्रण एवं उपचारका लागि उच्च सतर्कता अपनाएको बताए ।
मुख्यमन्त्री राईले सरकारले कोरोनाको प्रभावलाई कम थालेको प्रयासले नै कोरोनाको उपचार एवं रोकथाममा सरकारले सफलता प्राप्त गरेको छ भन्दै तिब्बत सरकारबाट प्राप्त सहयोगले हाम्रो मनोबल उच्च भएको छ भने । उनले यस प्रदेशमा पिसीआर ५० हजार मानिसको परीक्षण गर्ने तयारी प्रदेश सरकारले गरिरहेको जानकारी दिँदै कोरोनाको परीक्षणमा सरकारले तीव्रता दिने बताए । उनले तिब्बत सरकारबाट प्राप्त भएको सहयोग सामग्रीको उयुक्त र प्रभावकारी ढङ्गले प्रयोग गर्ने भन्दै कोरोनाको उपचारका लागि सरकार हरतरहको प्रयास जारी राखेको कुरामा जोड दिए ।
परिषद्का संयोजक मुकेश उपाध्यायले तिब्बत सरकारले नेपालमा कृषि, पर्यटन र व्यापार व्यावसायलाई फस्टाउन सहयोग गर्ने भन्दै तिब्बत सरकारबाट प्राप्त सहयोग सामग्रीको सही सदुपयोग भएमा आमनागरिक लाभान्वित हुने कुरामा जोड दिए ।