दलित समुदायका महिलालाई क्षमता विकास तालिम

खबर पूर्वाञ्चल, २० जेष्ठ २०७५, आईतवार १६:२१

विराटनगर / दलित समुदायका महिलाहरूको क्षमता विकास तथा आत्मनिर्भरका लागि औठि ,चुरा ,टप बनाउने दश दिने तालिम विराटनगरमा शुरू भएको छ ।

आजदेखि शुरू भएको कार्यक्रममा २२ जनाको सहभागिता रहेको छ । बाताबरण संरक्षण तथा सामाजिक रूपान्तरण समाज आयोजना र विराटनगर महानगरपालिकाको सहकार्यमा भएको तालिम दस दिनसम्म चल्ने छ ।

तालिमको विराटनगर महानगरका मेयर भीम पराजुलीले उद्घाघाटन गर्दै दलित समुदायका महिलाहरूको क्षमता विकासका लागि क्रमस सिपमुलक तालिम प्रदान गरिदै जाने बताए । कार्यक्रममा विराटनगर महानगर १ नम्बर वार्डका वडाध्यक्ष उद्वव अर्याल, बाताबरण संरक्षण तथा सामाजिक रूपान्तरण समाज आयोजनाका अध्यक्ष कृष्ण कार्की ,कार्यक्रम प्रमुख होमनाथ पोख्रेललगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५