बाल अनुकुल स्याहार तथा प्रारम्भीक उत्प्रेरण तालीम

खबर पूर्वाञ्चल, १५ जेष्ठ २०७५, मंगलवार १७:०३

विराटनगर / गर्भबती अबस्थादेखि तीन बर्षसम्मको बच्चाको स्याहारमा आमाहरुलेनै विशेष ध्यान दिनु पर्ने सरोकारवालाहरुले बताएका छन् ।

आज विराटनगरमा सेतो गुराँस वाल सेवा केन्द्रले बाल अनुकुल स्याहार तथा प्रारम्भीक उत्प्रेरण कार्यक्रमको विषयमा आयोजना गरेको समिक्षा गोष्ठीमा बोल्ने बक्ताहरुले गर्भ अवस्थामा र उमेर अनुसार बच्चाको स्याहार गर्न तालिम लिएर आमाहरुले विषेश ध्यान र हेरचाह गर्नुपर्ने बताएका हुन । सामान्य तया गर्भवती हुँदा परम्परागत कुराहरुमै आधारित हुने, बच्चा जन्मीएपछि पनि हुर्काउने तरिका परम्परागत हुँदा बदलिदो समय अनुकुल नहुने भएकोले त्यसमा ध्यान दिन जरुरी रहेको बताएका हुन ।

गर्भ अवस्थामा पोषिलो खाने, नराम्रो कुरा नगर्ने, आराम गर्ने जस्ता कुरामा ध्यान दिए मात्र स्वस्थ बच्चा जन्मने र बच्चा जन्मीसकेपछि पनि राम्रो स्याहार, पोषिलो आहार र राम्रा कुरा सिकाउने जिम्मेवारी आमाकै भएकोले आमाहरुले यस्ता तालिम लिन आबश्यक भएको कार्यक्रमकी प्रमुख अतिथि १ नं. प्रदेश सभा उपसभामुख सरस्वती पोखरेलले बताइन् । यसैगरी जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले परम्परागत रुपमा पनि बालबच्चा हुर्केकै त होनी भनेर नभई कसरी क्षमताबान बनाउने भन्नका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

सेतो गुराँसले मोरङको केरावारी गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकामा ४० बटा समुह बनाएर ६ महिना सम्म सञ्चालन गरेको कार्यक्रम अन्तरगत गर्भवती अवस्था तथा तीन बर्षसम्मको बच्चा स्याहर गर्ने, पोषिलो खानेकुराका बारेमा र खेलौना बनाउने लगायत तालिम दिएको सेतो गुराँस मोरङ प्रमुख सरु केसीले बताइन् ।
कार्यक्रममा बच्चा हुर्काउँदा सबै कुरा पुर्याएर हुर्काएको भन्दै मिक्लाजुङ गाउँपालिकाकी सुस्मिता चौलागाई, पथरीशनिश्चरे नगरपालिकाकी रेनुका बराल र केरावारी गाउँपालिकाकी ललिता बजगाईलाई उत्कृष्ट आमाको रुपमा सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५