पूर्वाञ्चल खबर
आज बसेको युनियनको बैठकले दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको हो । अधिकारी युनियनका पूर्व मोरङ अध्यक्ष हुन् । उनी रेडियो नेपालमा कार्यरत छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो संघर्ष गरेका रिजालको नाममा युनियनले पुरस्कार स्थापना गरेको हो ।
आफ्ना बाबुआमाको नाममा हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरी छोरा सुभाष रिजालले २ लाख रुपैयाँको अयक्षकोष खडा गरेका छन् । अक्षयकोषको ब्याजबाट हरेक वर्ष युनियनको स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गरिने युनियनका अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए । अध्यक्ष नवोदितका अनुसार छिट्टै विशेष समारोहका बीच पुरस्कार प्रदान गरिनेछ । यसअघि यो पुरस्कारबाट अजित तिवारी र अभयकुमार राई सम्मानित भइसकेका छन् ।