AArya
RUMPUM
animated ellipse animated ellipse

नाटक उत्सवमा ८० वटा नाटक मञ्चन गदै सम्पन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ जेष्ठ २०७५, आईतवार २०:१६
3
Shares
विराटनगर / सुमेरु कला सरोवरले आयोजना गरेको अन्तर विद्यालय वाई वाई नाटक उत्सवमा ८० विद्यालयले नाटक मञ्चन गरेका छन् । दश दिन सम्म चलेको नाटक उत्सवमा मोरङ जिल्ला भरका निजी तथा सामुदायिक ८० वटा विद्यालयले नाटक मञ्चन गरेका हुन् ।

जेठ ४ गतेबाट सुरु उत्सवमा मोरङ जिल्ला भरका एक हजार १ सय १७ विद्यार्थीले रंगमञ्च टेकेका छन् । ८० वटा विद्यालयहरु मध्ये १० वटा विद्यालयले मञ्चन गरेको नाटक उत्कृष्ठ भएको छ ।

सगरमाथा सेकेण्डरी बोडिङ स्कुल विराटनगर, पूर्वाञ्चल विद्या सदन विराटनगर, भानु मेमोरीयल रंगेली, ज्ञान सारथी विद्यापिठ विराटनगर, सप्तकोशी बोडिङ स्कुल उर्लाबारी, सत्यनारायण स्कुल विराटनगर, हरैचा मोडेल स्कुल हरैचा, मिनिल्याण्ड सेकेण्डरी स्कूल रंगेली, धु्रवतारा स्कुल कटहरी र सेन्टमेरिज स्कुल विराटनगरले मञ्चन गरेको नाटक उत्कृष्ठ भएको हो । सोही क्रममा उत्कृष्ठ पाच निर्देशक, पाँच अभिनेता र पाँच अभिनेत्रीलाई पनि नगद सहित सम्मान गरिएको थियो ।

उत्कृष्ठ नाटक र विद्यार्थीलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र चर्चित कलाकार बिपिन कार्कीले पुरस्कार वितरण गरेका थिए । नाटक उत्सवको निर्णयकमा मुकेश कर्ण, दिपेश भण्डारी र लोकमणी सापकोटा रहेका थिए ।

यसैगरी सुमेरु कला सरोवरले अग्रज रंगकर्मी इन्द्र परियारलाई सम्मान गरेको छ । रंगकर्मी परियारलाई नगद पाच हजार र दोसल्लाह समित सम्मान गरिएको सरोवरका अध्यक्ष सुवलमणी सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर