खबर पूर्वाञ्चल
नाटक उत्सवका प्याब्सनको कस्तो भूमिका छ ?
नाटक उत्सव अभियानमा हामी जोडिएका छौ । हामीले प्याब्सनमा रहेका स्कुलहरुलाई कसरी सहभागिता गराउन सकिन्छ भनेर सहकार्य गरेका छौ । हामीले हाम्रा सदस्य स्कुलहरुलाई सके सम्म सहभागिता गराएका छौ ।
प्याब्सनका कति सदस्य सहभागि हुदैछन् ?
प्याब्यनको जम्मा ९ वटा क्षेत्रहरु रहेका छन् । नौ वटा क्षेत्रबाट सहभागिताकालागि हामीले क्षेत्रपालहरुसँग छलफल गरेका थियौ तर सुमेरु कला सरोवर तालिमकालागि सबै क्षेत्रमा जान नसक्ने भएर चारवटा क्षेत्रमा आयोजना गरिएको कार्यसालामा सहभागि भएका छौ । कार्यसालामा सहभागि एकसय ७ विद्यालयहरु मध्ये प्याब्सनका सदस्य स्कुलहरु ९० छन् ।
यस्तो उत्सब मोरङमा पहिलो हो ?
विद्यालय स्तरको नाटक उत्सव मोरङमा पहिलो हो । यसअघि यस्ताखाले नाटक उत्सव आयोजना गरिएको थिएन् । गतबर्ष कला केन्द्रले सुनसरीमा आयोजना गरेको रहेछ ।
यस्ता खालको कार्यक्रममा विद्यार्थीहरुमा कस्तो प्रभाव पार्ला ?
पहिलो शिक्षा गुरुकुलमा केन्द्रित थियो । अहिले बृहत छ । बास्तबमा शिक्षा भनेको निश्चित पाठ्यपुस्तकलाई मात्र आधार बनाएर दिने भएन अबको शिक्षा वृहत भएको छ ।प्याब्सनले समय अनुसारको परिवर्तनलाई मध्यनजर गर्दै पढाईसँगसँग कला, संगित, खेलकुदका क्षेत्रलाई पनि शिक्षाको रुपमा लैजानुपर्छ भन्ने बुझ्दै सुमेरु कला सरोवरसँग सहकार्य गरेर कार्यक्रम आयोजना गर्न लागिएको हो । यो विद्यार्थीहरुको कला हेर्ने अवसर पनि हो । उनीहरुले मौका पाएका हुदैनन् । पढाईमा मात्र केन्द्रित भएका विद्यार्थीहरुको प्रतिभा हेर्ने थलोको रुपलाई उत्सवलाई हेरेका छौ । यस्ता कार्यमा हामी भोली पनि केन्द्रित हुनेछौ ।
प्याब्सनले भोलीका दिनमा यस्तो कार्यक्रम आयोजना गर्छ ?
निश्चित हो । अहिलेको युगमा शिक्षा सँगसँगै विद्यार्थीमा भएको प्रतिभालाई पनि बुष्टअप गर्दै लैजाने छौ । प्याब्सनले विद्यार्थीको कला, संगित, खेलकुद क्षेत्रलाई पनि शिक्षाको रुपमा लैजानु पर्छ भन्ने हाम्रो मान्यता छ । हामी शिक्षासँगसँगै अतिरिक्त क्रियाकलापमा लागिरहने छौ ।
प्याब्सन कला क्षेत्रसँग केन्द्रित छैन् । हामी शिक्षामा केन्द्रित छौ तर हामी आफैले आयोजना नगरेपनि कलासँग सम्बन्धीत संस्थाहरुसँग सहकार्य गरेर यस्ता कार्यक्रमलाई निरन्तरता दिदै नाटक कम्पिटिसनको रुपमा लैजाने बिषयमा पनि सम्बन्धित संस्थाहरुसँग सहकार्य गर्ने छौ ।
अतिरिक्त क्रियाकलाप गर्दा अभिभावकहरुको कस्तो सहयोग रहन्छ ?
शिक्षा महत्वपूर्ण कुरा हो । शिक्षित नभै अरु काम गर्न सकिन्न् । शिक्षासँगै उनीहरुको प्रतिभालाई लिएर जादा सुनमा सुगन्ध थपिए जस्तो हुन्छ । धेरै अभिभावकहरुको सहयोग हुन्छ । केही अभिभावकको शिक्षा मात्र लियोस भन्ने सोच छ । उहाँहरुलाई पनि शिक्षा भनेको किताबी ज्ञान मात्र होइन नाटक सिक्नु पनि शिक्षा हो भन्न चाहान्छु । यस्ता खालका अतिरिक्त कार्यक्रमहरुमा अभिभावक सपोर्ट पाएका छौ । अभिभावकहरुले पनि हामीलाई विद्यार्थीले नाटकका बारेमा धेरै सिकेकको भन्दैहुनुहुन्छ ।
तपाईको प्रतिक्रिया