AArya
RUMPUM
animated ellipse animated ellipse

खुल्ला दिशाको कारण प्रत्येक घण्टा एक वालवालिकाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ बैशाख २०७५, सोमबार १६:४७
3
Shares
विराटनगर / खुल्ला दिशाका कारण नेपालमा प्रत्येक घण्टा एक जना र प्रत्येक वर्ष १० हजार पाँच सय पाँच वर्ष मुनिका वालिकाको मृत्यु हुने गरेको छ ।

जिल्ला खानेपानी तथा सरसफाई स्वच्छदा समन्वय समिति मोरङद्धारा आज विराटनगरमा आयोजित मोरङ जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जनप्रतिनिधिहरुले खुल्ला दिशाका कारण युवती यौन दूव्र्यवहार, वालवालिकामा विभिन्न रोग तथा वाढी र विषालु किराको टोकाईको कारण अकालमा मृत्यु हुने गरेको धारणा व्यक्त गरे ।

सो अवसरमा जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोखरेलले सवै स्थानीय निकायले गाउँ ठाउँमा सफाई ,महिला तथा युवती , वालवालिकाको हितका लागि प्रत्येक घरको अनुगमन गरी अभियानको रुपमा चर्पी निर्माणमा जोड दिन आग्रह गरे ।

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक मनोज घिमिरेले चर्पिको अपरिर्यातामा सर्वसाधारण संवदनशील हुनुपर्ने वताउँदै स्वच्छता र स्वास्थ्यका लागि आफ्नो वानीमा परिवर्तन गरी चर्पि निर्माण गरी प्रयोग गर्न आग्रह गरे ।

कार्यक्रममा मोरङ जिल्ला खानेपानीका प्रमुख राजेन्द्र न्यौपाने,समाजशास्त्री कमल अधिकारीले खुल्ला दिशावाट समाज र स्वास्थ्यमा हुने वेफाइदा लगायतका विषयमा वोलेका थिए ।

सहभागी जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रमा अनुगमन गरी चर्पी निर्माणको लागि अभियानको संचालन गर्न खुल्ला दिशावाट समाज, स्वास्थ्य क्षेत्रमा हुने क्षति, दुर्घटना आदि विषयमा सर्वसाधारणलाई जनचेतनाता जागृत गराउने वताए ।

मोरङ जिल्लाका १७ स्थानीय निकायहरु महानगरपालिका, नगरपालिका, गाउँपालिकाका प्रमुख, र वडा अध्यक्ष, स्वच्छा र खानेपानी सम्वन्धीि स्थानीय संघका संघसंस्था प्रतिनिधि र सञ्चारकर्मी गरी १ सय ५० जनाको सहभागिता रहेको थियो ।

मोरङ जिल्लामा ६ वटा स्थानीय निकायहरु लेटाङ, पथरी शनिश्चरे,उर्लावारी, सुन्दर हरैचा नगरपालिका ग्रामथान ,र केरावारी गाउँपालिका खुल्ला दिशा मुक्त घोषणा भएका छन् ।

विराटनगर महानगरपालिकालमा ४७ हजार ७८९ घर धुरी रहेकोमा ५५० वटा घरमा अहिलेसम्म चर्पि निर्माण भएको छैन ।.नेपालमा पहिलो खुल्ला दिशामुक्त जिल्ला कास्की रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर