AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

श्रीमान्‌ले विदेशबाट पठाएको पैसा झिकेर फर्कने क्रममा वडाध्यक्षद्धारा जंगलमा लगि बलात्कार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ बैशाख २०७५, सोमबार ०७:२४
3
Shares
तनहुँ / प्रमुख सत्तारूढ दल नेकपा एमालेबाट निर्वाचित घिरिङ गाउँपालिका-४ का वडाध्यक्ष झकबहादुर कुमालमाथि बलात्कार गरेको आरोप लागेको छ ।

श्रीमान्‌ले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर फर्कने क्रममा गत २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगी वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

‘बालीघाट पुलमा भेटेका वडाध्यक्षले मोटरसाइकलमा बैंकसम्म पुर्‍याउनुभयो र फर्कने बेला बजारमा पुगेकी दिदीसँग जान्छु भन्दा उहाँले मै पुर्‍याइदिन्छु भनेर फेरि मोटरसाइकलमा बस्न लगाउनुभयो’ पीडित महिलाले भनिन्, ‘तर दिदीकहाँ मोटरसाइकल रोक्न आग्रह गर्दागर्दै पनि नरोकी जंगलमा लगेर मेरो इज्जत नै लुटियो ।’

पीडित महिलाले करणीसम्बन्धी मुद्दामा शनिबार जाहिरी दिएको नवलपरासी बर्दीघाट सुस्तापूर्व जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक प्रकाश सिम्खडाले बताए । उनको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडितले जाहेर दिनासाथ आरोपी कुमाललाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय डेढगाउँ र जिल्ला प्रहरी कार्यालय तनहुँलाई पत्रचार गरिसकेको उनले बताए । तर, वडाध्यक्ष कुमालले भने आफूमाथि झुटो आरोप लगाएको बताएका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर