पूर्वाञ्चल खबर
नेपाल पत्रकार महासंघ प्रदेश नं.१ निर्वाचन समितिद्वारा आज विराटनगरमा आयोजित पदस्थापन समारोहलाई सम्बोधन गर्दै मुख्यमँत्री राई सो कुरा वताएका हुन् ।

संघीयताको संस्थागत विकास गर्न, समृद्धि र विकास गर्न समाजका अगुवा संचार जगत क्रियाशील रहनु पर्ने भन्दै मुख्यमन्त्री राईले प्रदेश तहमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिए ।
प्रदेश नं.१ का उपसभामुख सरस्वती पोखरेलले मुलुकलाई छिट्टै विकास गर्न संघीय संरचनाले धेरै ठूलो भुमिका निर्वाह गर्ने बताई् । कार्यक्रममा प्रदेश सभाका सदस्य केदार कार्की र जयराम यादवले समाजको ऐनाको रुपमा काम गर्ने संचारकर्मी लोभ र लालचमा पर्न नहुने विचार व्यक्त गरे ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यवसायिक एवं मर्यादित पत्रकारिता आजको आवश्यकता भएकोले यसमा संचारकर्मीहरुले विशेष ध्यान दिनु पर्ने वताए ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले संचारकर्मीहरुले जहिले पनि सत्य, तथ्य समाचार सम्प्रेषण गर्नमा क्रियाशील रहनु पर्ने र यही आधारभूत आधारबाट संचार आचार संहिता कायम रहने उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ प्रदेश निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत दीपक दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकाल, अग्रज पत्रकार यज्ञराज शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिमल्सीनालगातले बोलेका थिए ।
वैशाख २२ गते सम्पन्न नेपाल पत्रकार महासंघका प्रदेश नं.१ को अध्यक्षमा विक्रम लुइटेल, उपाध्यक्ष सोमनाथ सुसेली र महिला उपाध्यक्षमा स्मीता निरौला, महासचिवमा विवेक गौतम, खुल्ला सचिवमा हरिकृष्ण राई र समावेशी सचिवमा बुद्धवीर राई, कोषाध्यक्ष अम्विका भण्डारी लगायत २१ जना पदाधिकारीहरुलाई प्रमाणपत्र तथा पदस्थापन गराईएको थियो । तस्वीर -पुष्पराज थपलिया