RUMPUM
animated ellipse animated ellipse

मेट्रोमा मण्डल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ बैशाख २०७५, शनिबार २१:१०
3
Shares
विराटनगर / सामाजिक सेवा गर्ने उदेश्यले आज भन्दा चार बर्ष अगाडि स्थापना भएको लायन्स क्लव अफ विराटनगर मेट्रोको निर्वाचनबाट लायन बर्ष २०१८/१९ का लागि लक्ष्मीप्रसाद मण्डल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

बर्ष भरी उत्कृष्ट कार्य गर्दै आएको विराटनगर मेट्रो क्लवले आगामी बर्षका लागि प्रथम दितिय र तृतिय उपाध्यक्षमा क्रमश रुपकराज सुवेदी, सुरेश कार्की र दिपक शाहलाई निर्वाचित गरेको छ । यसै गरी डा. पार्थ गुरागाई सचिव र खुर्षिद आलम कोषाध्यक्षमा नियुक्त भएका छन् ।

यस समितिको कार्यकाल आगामी जुलाई एकबाट शुरु हुने कुरा क्लवका अध्यक्ष अशोक शिवाकोटीले बताए । सम्पुर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त कैलाश खाकी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर