AArya
RUMPUM
animated ellipse animated ellipse

बिराटनगरको मेरिल्याण्डका बिद्यार्थी बेलायत भ्रमणमा जाने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ बैशाख २०७५, बिहीबार १६:४२
3
Shares
बिराटनगर / बैदेशिक शैक्षिक अनुभवका निम्ति बिद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थी बैदेशिक शैक्षिक भ्रमणमा जाने भएका छन् ।

बिगत दुई वर्षदेखि कलेजले हरेक वर्ष बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको छात्रवृत्ति दिने गरेको छ । यस बर्ष पनि कलेजका दुई जना बिद्यार्थी बेलायतको समर क्याम्प २०१८ को लागि जाने भएका छन् । कलेजमा बेलायतको बिबिएम कोर्ष पढाई हुदै आएको छ ।

बिद्यार्थीलाई विश्वविद्यालयले छानेर १५ दिने बेलायत भ्रमणको लागि लगिने कलेजका एकेडेमिक निर्देशक डा. दिब्येश चन्दले बताए । चन्दका अनुसार उनीहरुले त्यहाँ छदा अन्य देशबाट आएका बिद्यार्थीहरु सहित विश्वविद्यालयमा बिभिन्न कक्षा लिनुको साथै अन्य बिद्यार्थीसंग छलफल गर्नेछन् ।

बिभिन्न अभ्यासबाट छानिएका २ बिद्यार्थीहरु श्रावन ६ गते देखि २० गते सम्मको बेलायतको शैक्षिक भ्रमणमा जाने कलेजले जानकारी दिएको छ । साथै उक्त छात्रवृत्तिको सम्पूर्ण बिद्यार्थी छनोट प्रक्रिया बेलायती विश्वविद्यालयले नै गर्ने कलेजले जनाएको छ । बिद्यार्थीहरुको उक्त भ्रमणको सम्पूर्ण खर्च कलेज र विश्वविद्यालयले नै प्रदान गर्ने छ । उक्त शैशिक भ्रमणले बिद्यार्थीहरुको आत्मबल, क्षमता र अन्तरास्ट्रिय अनुभब बढाउने कलेजले अपेक्षा राखेको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर