RUMPUM
animated ellipse animated ellipse

खत्रीले नेपाल कम्युनिष्ट पार्टी परित्याग गरे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ बैशाख २०७५, सोमबार १८:१०
3
Shares
?????????????
विराटनगर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका विराटनगर महानगरपालिका सदस्य कमलबहादुर खत्री (नेपाल) ले पार्टी परित्याग गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन्।

खत्रीले सामान्य नागरिक सरह स्वतन्त्र पूर्वक रुपमा जीवन यापन गर्दै नेपालको कानूनलाई आत्मसाथ गरेर अघि बढ्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । नेपालले पार्टीको सदस्य भए पनि अहिले सम्म पार्टीका नाममा भएका कुनै पनि अराजक र उसृङखल गतिविधीमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारे । उनलाई पार्टीको सदस्य भएकै कारण स्थानीय तह निर्वाचनका बेला गत असार १४ गते र प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका बेला कात्तिक २८ गते प्रहरीले घरैबाट पक्राउ गरेर हिरासतमा राखेको थियो ।

उनीविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा दर्ता गरेको थियो । अहिले पनि नेपालले त्यही मुद्धाको तारेख खेपीरहेका छन् । नेपालले अहिले सम्म कुनै पनि गलत गतिविधीमा आफ्नो संलग्नता नभएको स्पष्ट पार्दै भने, ‘पार्टीले राम्रै गर्ला भनेर समर्थक बनेको थिएँ । पछिल्लो समयका गतिविधी जन विरोधी हुँदै गएको पाएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर