animated ellipse animated ellipse

इमानदारिताको जगमा अडिएका पन्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ आश्विन २०७८, बिहीबार १४:२०
2.02k
Shares
विराटनगर / नेपाली कांग्रेस यतिबेला आफ्नो आन्तरिक निर्वाचनमा होमिएको छ । लामो समय पार्टी पंक्तिमा काम गरेका कार्यकर्ताहरुमा यतिबेला अवसर र चुनौति सगैं आएको छ ।

पार्टीभित्रका कृयाशिलबाट चुनिएर अगाडीको राजनितिमा आफुलाई स्थापित गराउन कांग्रेसजन अहोरात्र खटिएका छन । पार्टीको आन्तरिक निर्वाचनमा वडा तहदेखि प्रदेश, जिल्ला हुदै केन्द्र सम्मको राजनितिमा अवसर खोज्ने चुनौति समेत टड्कारो बनेको छ ।

यहि चुनौतिलाई परास्त गर्दै अध्याधिक मतका साथ बिजयी भएर अथाह सम्भावना देखाएका युवा हुन विनायक कान्त पन्त । नेपाली काग्रेसको १४ औ महाधिवेशन अन्तर्गत भएको वडा अधिवेशनमा उनी विराटनर–८ बाट क्षेत्रिय प्रतिनिधिको उम्मेद्धार बनेका थिए । पन्त विराटनगरका कांग्रेसबिच नौलो नाम भने पक्कै होइन तर उनको निर्वाचनको एजेण्डा भने यसपटको निर्बाचनमा नौलो सुनिएको चै पक्कै हो ।

चाकरी र चाप्लुसी नगरी आदर्शको राजनितिबाट पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने पन्त उदाहरणीय पात्र हुन् । कांगेसभित्र हराउदै गएको इमानदारिताको जगलाई मजबुत बनाउने दृडता नै पन्तको अनौठो एजेण्डा बनेको छ । समाजमा अहोरात्र सेवा भावका साथ सहयोग गर्ने मानिसलाई समाजले सदैव स्विकार्ने उदाहरणका पर्याय बनेका छन बिनायक ।

“अब समाजले नयाँ ढंगबाट सोच्नुपर्छ, समाज परिवर्तनका संवाहक युवा मात्र हुन हैन सक्षम युवा हुन भन्ने धारणा अघि ल्याउनुपर्छ ।” पन्त भन्छन,“म अग्रजको अथाह अनुभवको धारक हुँ, त्यही अनुभवको आशिर्वादले म राजनितिमा आएको छु ।” कांग्रेसको राजनितिमा अब अग्रजको अनुभवको सम्मान सगैं युवा जोशको सहभागिता हुनुपर्ने उनको भनाई छ ।

२०४६ सालबाट अनवरत नेपाली कांग्रेसको राजनितिमा सहभागी रहेका पन्त समाजका अन्याय, अत्याचार, बिभेद र विकृतिका विरुद्द आवाज उठाउने अभियन्ता समेत हुन् । समाजमा आएका बिभिन्न समस्याहरुमा अग्रपंतिमा रहेर काम गरेका पन्तको लोकप्रियता साच्चै लोभलाग्दो देखिएको छ । करिव २ दशक सांस्कृतिक विभागको केन्द्रीय सदस्य र श्रमिक विभागमा रहेर काम गरेको अनुभव संगालेका पन्त पार्टीलाई जिबन्तता प्रदान गर्न युवाहरु अग्रसर बन्नुपर्ने बताउँछन ।

राजनितिमा युवाको सहभागिताबाट मात्र राज्यको भविश्य निर्माणको खाका कोरिने बताउँदै पन्त भन्छन, “युवा सम्भावनाको भण्डार हो । ठोस एजेण्डा र योजनाका साथ जनतामाझ जान अब ढिला भयो भने राजनैतिक संकट आउन सक्ने सम्भावना देखिएको छ ।” यस्तो अबस्थामा आफु युवाहररुको प्रतिनिधि पात्र भएको उनको भनाई छ ।

पन्तले मोरङ निर्वाचन क्षेत्र नं ४ “ख” बाट सभापतिको उमेदवारी घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर