animated ellipse animated ellipse

५२ दिनपछि आंशिक रूपमा पसल खुल्दा व्यापारीहरु उत्साहित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ असार २०७८, बुधबार ०९:५१
963
Shares
विराटनगर / विराटनगर जलजलामोडस्थित चाइना बजारका संचालक नरेश गुप्ता ५२ दिनपछि आंशिक रूपमा पसल खुलेकोमा उत्साहित थिए । यो समाचार आजको न्यू सृष्टि दैनिकमा ब्रहमदेव यादवले लेखेका छन् ।

लामो समयपछि खुलेको कपडा पसलदेखि सुन पसलहरूमा किनमेल गर्ने ग्राहकको भीड बाक्लो थियो । कोरोना महामारी दोस्रो लहरका कारण ५२ दिनदेखि पूर्ण रूपमा बन्द विराटनगरका पसलहरू मंगलबारदेखि खुलेका छन् ।

कपडादेखि सुन पसलसम्म एकैसाथ खुल्दा विहेको किनमेलदेखि सामान बेच्नसम्म उत्साहित छन् । लामो समयदेखि बन्द बजार लामो समयदेखि बन्द रहेको पसल आंशिक रूपमा खुल्दा पसलमा किनमेल गर्नेको संख्या बाक्लै थियो । बजारको कपडा पसल, निषेधाज्ञाका कारण बल्ल घरबाट किनमेल गर्न रेडिमेड, कष्मेटिक र सुनलगायतका अन्य पाएका उपभोक्ताहरू उत्साहित र खुशी पसलमा किनमेल गर्नेको बाक्लै भीड थियो ।

मोरङ प्रशासनमा असार ७ गते बसेको प्रशासनले जिल्ला सुरक्षा समितिको बैठकले ५२ दिनदेखि जारी निषेधाज्ञाका कारण सबै क्षेत्रको जनजीवन अस्तव्यस्त बन्न थालेकोले निषेधाज्ञा पसल संचालन गर्न दिएको थियो ।

प्रशासनले ०७८ बैशाख १८ गते बजेदेखि १२ बजेसम्म पहिलो चरणमा बूढीगंगा, कटहरी र जहदाको केहि भागमा निषेधाज्ञा जारी गरेको थियो । दोस्रो चरणमा जारी निषेधाज्ञालाई जिल्लाभर लागु गरिएको थियो ।

हप्तैपिच्छे निषेधाज्ञाको अवधि थपिँदै जाँदा विराटनगर बजारक्षेत्रमा पसल सञ्चालन गर्ने व्यवसायीहरूको जनजीवन कष्टकर बन्न थालेको थियो । लामो समयको लकडाउनपछि बल्ल खुलेको पसल पुनः कोरोना महामारीको दोस्रो लहरका कारण जारी मिषेधाज्ञापछि व्यवसायी झनै तनावमा छन् ।

बैंक तथा वित्तीय संस्थाको क्रणको व्याज घरभाडा, कर्मचारीको तलब भुक्तानी गर्न हम्मेहम्मे परेका व्यवसायीहरू मंगलबारदेखि आंशिकरूपमा पसल खोल्दा राहत महशुस गरेका छन् ।

लामो समयदेखि बन्द रहेको पसल खोल्न पाएका व्यवसायी र लामो समय निषेधाज्ञाका कारण बल्ल घरबाट किनमेल गर्न पाएका उपभोक्ताहरू उत्साहित र खुशी देखिएका छन् ।

प्रशासनले पहिलो चरणमा निषेधाज्ञा जारी गर्दा विहान ५–१० बजेसम्म खाद्यान्नसहित दूधजन्य पदार्थ, फलफूल, तरकारी र औषधी पसल संचालन गर्न दिएको थियो । पछि १ घण्टा समयावधि बढाएर ५ बजेदेखि ११ बजेसम्म र असार ७ गते विहान ५ बजेदेखि १२ बजेसम्म सैलुन, व्यूटिपार्लर, यातायात, होटल, रेष्टोरेन्ट बाहेक सबै पसल खोल्न दिने निर्णय गरेको छ ।

विराटनगरका अधिकांश होटल रेष्टोरेन्ट पूर्णरूपमा बन्द रहेपनि भित्रभित्रै प्याकिङ्ग गरी होम डेलिभरी चलाइरहेका छन् भने ठूला ठूला होटलमा तीन तहका सरकारका जनप्रतिनिधि देखि उच्च पदस्थ कर्मचारीहरू होटलमा बस्ने र खाने क्रम जारी छ । यसबाहेक संघीय, प्रदेश र स्थानिय सरकारले असार मसान्तभित्र जारी निमार्णाधिन भौतिक संरचनाको काम सक्नु पर्ने भएकाले हार्डवेयर पसललाई प्रशासनले पसल खाल्न छुट दिएको छ ।

हार्डवेयर पसलको हकमा ५–१२ बजेसम्मको समयावधि निर्धारण गरेपनि पसल सञ्चालकले दिनैभर नै पसलबाट सामान बिक्री गरिरहेका छन् । कोरोना महामारीको दोम्रो लहरमा कोरोना संक्रमितको संख्या र मृत्युदरमा वृद्धि हुन थालेपछि मोरङ प्रशासनले ०७८ बैशाख १८ गतेदेखि निषेधाज्ञा जारी गर्दा पूर्णरूपमा बन्द रहेको बैंक तथा वित्तीय संस्थादेखि बजारका पसलहरू आशिक रूपमा खुल्न थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी निरौलाले करिब डेढ वर्षदेखि बन्द रहेको सीमा नाका अझै केहि समय कडाईका साथ बन्द रहने जानकारी गराए । सरकारले ०७६ चैत ११ गतेदेखि नेपाल भारतको प्रमुख सीमानाकालाई पूर्ण रूपमा बन्द राख्ने निर्णय गरेको छ । औद्योगिक तथा व्यापारिक प्रयोजनका लागि मुख्य भन्सार नाकाबाट आवश्यक सामग्री आयात निर्यात भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर