AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

३३ किलो सुन तस्करी प्रकरण : अभियुक्तको बयान सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० बैशाख २०७५, बिहीबार १९:४४
3
Shares
विराटनगर/ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको साढे ३३ किलो सुन तस्करी र शनम शाक्यको हत्याको आरोपमा पक्राउ परेका अभियुक्तहरुको बयान आजदेखि जिल्ला अदालत मोरङमा सुरु भएको छ ।

मोरङ जिल्ला अदालतको ६ नम्बर इजलासमा जिल्ला न्यायधिश नारायण प्रसाद शर्माले बयान लिन सुरु गरेका हुन् । पहिलो दिन टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधब भन्ने मदन प्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको बयालन लिने क्रमम सुरु भएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । अभियुक्त मध्ये टेकराज, मोहन, नरेन्द्रलाई प्रहरीले शनम शाक्यको शवसहित १९ फागुनमा प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो ।

पहिलो दिन लिएको अभियुक्तहरुको बयान समय अभाव भएकोले अभियुक्तको बयान लम्बिएकाे कारणले शुक्रबार पनि यी अभियुक्तहरुको बयान हुने भएको छ । बुधबार अदालतमा मुद्दा दर्ता गरेको ६३ जना मध्धे न्यायिक हिरासतमा रहेको सात जना प्रहरी अधिकारी सहित २९ जनाको बयान लिन सोमबारसम्म लाग्ने श्रेस्तेदार दुलालको भनाई छ ।

यसअघि बुधबार ७ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अपराधिक समूह स्थापना, सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दायर गरिएको थियो । अभियुक्त २९ जना पक्राउ परेका छन् भने मुख्य नाइके चुडामणी उप्रती गोरे, एसएसपी श्याम खत्रीसहित ३४ जना फरार छन् ।

अदालतमा पेश भएका प्रतिवादीहरुको बयान समाप्त भएपछि उनीहरुको मुद्दाको पेशी तोकि थुनछेक बहस सुरु हुनेछ । मिलेमतोमा अवैध रुपमा सुन तस्कर गर्ने ‘गोरे समुह’ले त्रिभुवन विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्याएको दावी गरिएको छ ।

सरकारी वकिलको कार्यालयले उक्त रकम विगोको रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दावी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर