RUMPUM
animated ellipse animated ellipse

विभिन्न माग राख्दै तीन संस्थामा तालाबन्दी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० बैशाख २०७५, बिहीबार १६:२३
3
Shares
विराटनगर/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) मोरङले विभिन्न १४ शुत्रिय माग राख्दै तीन वटा संस्थामा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

उनीहरुले आज विराटनगरमा रहेको जिल्ला शिक्षा कार्यालय, प्याब्सन र एन प्याब्सन मोरङमा तालाबन्धी गरेका हुन् ।

विद्यार्थी संगठनले गैर कानुनी रुपमा वृद्धि गरिएको चर्को शुल्क फिता गर्नुपर्ने, शिक्षामा गरिने व्यापार बन्द गर्नुपर्ने, शिक्षा निर्देशिका कार्यान्वयन गनुपर्ने, माध्यमिक तहसम्म निःशुल्क शिक्षा ग्यारेन्टी गनुपर्ने माग राख्दै अनिश्चितकालिन तालाबन्दी गरेको अखिल क्रान्तिकारी मोरङको संयोजक ताजिम अन्सारीले जानकारी दिए । त्यस्तै उनीहरुले विद्यालयको पूर्वाधार निमार्ण गर्दा अनिवार्य अपाङगमैत्री तवरले निमार्ण गनुपर्ने लगायतको माग अघि सारेका छन् ।

‘यसअघि शान्तिपूर्ण रुपले आन्दोलन गर्दा हाम्रो मागको कुनै सुनवाइ भएन,’ संयोजक अन्सारीले भने, ‘अहिले पनि यहाँका धेरै निजी विद्यालयहरुले चर्को शुल्क लिने गरेका छन् । गैर कानुनी रुपमा वृद्धि भएको शुल्क फिर्ता नगरे थप आन्दोलन गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर