पूर्वाञ्चल खबर
वर्षाका कारण सात करोड भन्दा वढिको संख्यामा काचो ईट्टा क्षति भएको कोशी अञ्चल ईट्टा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले वताए ।
यसपटक वेमौसमी वर्षाका कारण पोल्न ठिक पारिएको काचो ईट्टा काम नलाग्नेगरी नष्ठ भएको उनको भनाई छ । सुुनसरी र मोरङ जिल्लामा ५३ वटा ईट्टा उधोग सञ्चालनमा रहेका छन् ।
एउटा उधोगमा १० देखि १२ करोडको लगानी रहेको छ । आनन्द ईट्टा उधोगका सञ्चालक दिलिप वगडियाले वर्षाका कारण ६ वटा ईट्टा उद्योगमा १० करोड भन्दा वढि क्षति पुुगेको वताए ।