AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरपालिका अगाडी विद्यार्थीको प्रर्दशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ बैशाख २०७५, शुक्रबार १६:२४
3
Shares
विराटनगर / अखिल त्रान्तिकारी मोरङले विभिन्न चार शुत्रिय माग राख्दै आज विराटनगर महानगरपालिकाको कार्यालय अगाडी प्रदर्शन गरेको छ ।

निजी विद्यालयले गैरकानुनी रुपमा गरेको चर्को शुल्कवृद्धि तत्काल फिर्ता गनुपर्नेलगायतको विभिन्न माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी मोरङका संयोजक ताजिम अन्सारीले गैर कानुनी रुपमा निजी विद्यालयले बढाएको शुल्क अविलम्ब नघटाए थप आन्दोलन गर्ने चेतावनी दिए । ‘विद्यालय शुल्क मापदण्ड निर्देशिका विपरीत निजी विद्यालयहरुले शुल्क वृद्धि गरेका छन्,’ संयोजक अन्सारीले भने, ‘बढाएको शुल्क अविलम्ब फिर्ता नगरे थप आन्दोलनमा उत्रिनेछौं ।’ विद्यालयहरुको अनुगमन गर्ने अधिकार स्थानिय तहमा आएको हुनाले विराटनगर महानगरपालिलाई नगर क्षेत्रको विद्यालयहरुमा अनुगमन समेत गर्न उक्त संगठनले माग गरेका छन् ।

अखिल क्रान्तिकारीहरुले संस्थागत विद्यालय सञ्चालन निर्देशिका कार्यन्वयन गर, माध्यमिक तहसम्म निःशुल्क शिक्षाको ग्यारेन्टी गर, शिक्षामा गरिने ब्यापार बन्द गरलगायतको माग राखी प्रदर्शनमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर