पूर्वाञ्चल खबर
ग्रामथान– २ झोराहाटमा रहेको लक्ष्मीनारायण मन्दिरमा रहेको कार्यालयबाट सेवा प्रवाहमा असहज भएपछि सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरिएको सचिव दीक्षा आचार्यले जानकारी दिइन ।
सो सहकारी संस्थाको सेयर पँुजी १ करोड ३० लाख रहेको छ भने बचत पुँजी ४ करोड ६० लाख रहेको संस्थाकी अध्यक्ष उमा घिमिरेले जानकारी दिइन ।
संस्थाले स्थापना भएको ५ वर्षको अवधिमा ५ करोड ८ लाख लगानी गर्न सफल भएको छ भने सेयर सदस्य ७ सय ६५ पुर्याएको जानकारी दिइएको थियो । स्थानान्तरण कार्यक्रममा राष्ट्रिय सहकारी बैकका अध्यक्ष रमेशप्रसाद पोखरेलले देशमा राजनीतिक संक्रमणकालको अन्त्य हुँदै अब आर्थिक उन्नयमा अगाडि बढ्न सहकारी संस्थाहरु महत्वपूर्ण हुने बताए । सो अवसरमा २० हजारको सेयर खरिद गर्नेलाई चाँदीको सिक्का प्रदान गरिएको थियो ।