AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार महासंघ प्रदेश निर्वाचन : २१ पदमा ३२ जनाको उम्मेदवारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ बैशाख २०७५, शुक्रबार २०:०५
3
Shares
विराटनगर / नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको नेतृत्वकालागि ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज शुक्रवार भएको मनोनयनका क्रममा २१ पदकालागि ३२ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृत दिपक दाहालले ३२ जनाको उमेद्वारी परेको जानकारी दिए । निर्वाचन समितिमा उम्मेदवारी दर्ताका क्रममा कोषाध्यक्षसहित ८ जना उम्मेद्वार निर्विरोध भएको निर्वाचन समिति जनाएको छ । उम्मेदवारको अन्तिम नामावली भने आइतबार प्रकाशित हुने निर्वाचन अधिकृत दाहालले जानकारी दिए ।

निर्विरोध निर्वाचित हुनेहरुमा कोषाध्यक्षमा प्रेस चौतारीकी उम्मेदवार अम्बिका भण्डारी, महिला सदस्यहरू युनियनकी रेजिना गौतम, चौतारीकी तीलकुमारी शर्मा र प्रेस सेन्टरकी रिता मोक्तान, दलित सदस्यमा चौतारीका सन्तोष रुचाल र अल्पसंख्यकमा युनियनका इकवाल अहम्मद रहेका छन् ।

यस्तै आदिवासी जनजाति सदस्यहरु गणेश साम्पाङ राई र केशवकुमार लामा पनि निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश समिति निर्माणका लागि पत्रकारहरुको ठूला संगठन प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले संयुक्त उम्मेदवारी दिएका थिए ।

ठूला संगठनको सहमति अमान्य रहेको भन्दै संघीय प्रेस फोरम नेपाल, मधेशी पत्रकार समाज, स्वतन्त्र पत्रकार समुह, संघीय पत्रकार युनियन र नेपाल ख्रिस्चियन पत्रकार संघले पनि उम्मेद्वारी दिएका छन् ।

मनोनयन दर्ता गराएका उम्मेदवारहरुमा संयुक्त  प्यानलबाट अध्यक्षमा चौतारीका विक्रम लुईटेल र स्वतन्त्र गोपाल देवानको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा युनियनका सोमनाथ सुवेदी, स्वतन्त्र रुपमा विजय खतिवडा र मिलनके राउतले उम्मेदवारी दिएका छन् । राउत चौतारीका बागी उम्मेद्वार हुन् ।

महासचिवमा प्रेस सेन्टरका विवेक गौतम, कमन देवान र रोहितचन्द्र भट्टराई, रहेका छन् । यस्तै महिला उपाध्यक्षमा संयुक्त  प्यानलकी स्मीता निरौला र मनिता ताम्लिङ रहेकी छिन् भने सचिवमा संयुक्त प्यानलका हरिकुमार राई र प्रेस सेन्टरका मोहन भट्टराईले पनि बागी उम्मेदवारी दिएका छन् । समावेशी सचिवमा संयुक्त प्यानलका बुद्धवीर राई र सन्तवीर लामाले उम्मेदवारी दिएका छन् ।

महासंघको विधान अनुसार प्रदेश समितिको अध्यक्ष १, उपाध्यक्ष खुल्ला १, महिला १, महासचिव १, सचिव खुल्ला १, समावेशी १, कोषाध्यक्ष १, खुल्ला सदस्य ५, महिला सदस्य ३, दलित १, आदिवासी जनजाति २, मधेशी २ र अल्पसंख्यक १ गरी २१ सदीयीय समिति निर्माण हुने उल्लेख छ ।

यसैगरी ५ जना पदका लागि निर्वाचन हुने खुल्ला सदस्य पदमा ६ जनाको उमेद्वारी परेको छ । ३ जना महिला सदस्यका लागि ३ जनाको मात्र उमेद्वारी रहेको र १ जना दलित सदस्य कोटामा १ जनाको मात्र उमेद्वारी परेको छ । यसैगरी २ बटा कोटाको आदीवासी जनाजाति मा २ जनाको, २ पदको मधेशी कोटामा ४ जनाको र १ जनाको अल्पसङख्यक÷अपाङग कोटाको लागि १ जनाको मात्र उमेद्वारी परेको छ ।

पत्रकार महासंघको केन्द्रीय कार्यालय र अन्य केही स्थानमा भएको विवादका कारण केन्द्रीय निर्वातन समितिले आइतवार सम्मका लागि आज भएको उमेद्वारी दर्ताको सुचि टास नगर्न भनेकोले आइतवार ४ बजेपछि मात्र नाम टास गरिने र अन्य प्रकृया अगाडी बढ्ने समेत मुख्य निर्वाचन अधिकृत दाहालले बताए ।

उम्मेदवारी दिनेको नामावली :
अध्यक्ष
१. गोपाल देवान
२. विक्रम लुईटेल (संयुक्त  प्यानल)

उपाध्यक्ष (खुला)
१. विजय खतिवडा
२. सोमनाथ सुवेदी (संयुक्त  प्यानल)
३. मिलनके राउत
उपाध्यक्ष (महिला)
१. मनिता ताम्लिङ
२. स्मिता निरौला (संयुक्त  प्यानल))

महासचिव (खुला)
१. कमल देवान
२. विवेक गौतम (संयुक्त  प्यानल)
३. रोहितचन्द्र भट्टराई

सचिव (खुला)
१. हरिकुमार राई (संयुक्त  प्यानल)
२. मोहन भट्टराई

सचिव (समावेशी)
१. बुद्धवीर राई (संयुक्त  प्यानल)
२. सन्तवीर लामा

कोषाध्यक्ष
१. अम्बिका भण्डारी(संयुक्त  प्यानल)

सदस्य (खुला)
१. डिल्लीराम खतिवडा (संयुक्त  प्यानल)
२. फिपराज बेघा
३. विपेन्द्र गौतम (संयुक्त  प्यानल)
४. तीर्थ सिग्देल (संयुक्त  प्यानल)
५. सशी कोइराला (संयुक्त  प्यानल)
६. बुद्धि प्रसाद लामिछाने (संयुक्त  प्यानल)

सदस्य (महिला)
१. रेजिना गौतम (संयुक्त  प्यानल)
२. तीलकुमारी शर्मा (संयुक्त  प्यानल)
३. रिता मोक्तान (संयुक्त  प्यानल)

सदस्य (दलित)
१. सन्तोष रुचाल (संयुक्त  प्यानल)

सदस्य (आदिवासी जनजाति)
१. गणेश सम्पाङ राई (संयुक्त  प्यानल)
२. केशवकुमार लामा (संयुक्त  प्यानल)

 

सदस्य (मधेशी)

१. ब्रम्हदेव यादव (संयुक्त  प्यानल)
२. जितेन्द्र ठाकुर
३. जयकृष्ण यादव (संयुक्त  प्यानल)
४. श्याम सुन्दर सुतिहार

सदस्य (अल्पसंख्यक)

१. इकवाल अहम्मद (संयुक्त  प्यानल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर