AArya
RUMPUM
animated ellipse animated ellipse

३३ केजी सुन काण्ड प्रदेशसभामा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ बैशाख २०७५, बुधबार ०७:३६
3
Shares
विराटनगर /३३ केजी सुन काण्डले प्रदेश–१ को प्रदेशसभामा प्रवेश पाएको छ।

मोरङ उर्लाबारीका सनम शाक्यको हत्या र सुन काण्डबारे भइरहेको अनुसन्धानबारे प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको जवाफ माग गरेका हुन्।

माओवादी सांसद कुलप्रसाद सम्वाले सनम शाक्यको हत्या र सुन काण्ड प्रहरीको हाई कमान्डसँग जोडिएको बताए। उहाँले यसबारे सरकारको जवाफ माग गरे

कांग्रेस सांसद केदार कार्कीले प्रदेश–१ को शान्ति सुरक्षा खस्किएको भन्दै प्रदेश सरकारको आलोचना गरे। प्रदेशमा पछिल्ला समय अपराधिक घटना दिनानुदिन बढेको भन्दै उनले शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार असफल भएको बताए । ।यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर