RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरपालिकाले मनायो मातृत्व दिवस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ बैशाख २०७५, सोमबार १९:५४
3
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले सुरक्षित मातृत्व सेवा दिवस मनाएको छ ।

‘सुरक्षित मातृत्व, सवैको दायित्व’ भन्ने मुल नाराका साथ महानगरपालिका परिसरमा आज एक कार्यक्रम आयोजना गरी दिवस मनाएको हो ।

उक्त कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले गर्भवती भएका महिलाहरुले नियमित स्वास्थ्य परीक्षण गरेमात्र स्वास्थ्य अवस्था सुरक्षीत रहने बताए । उनले गर्भअवस्थामा हुने जोमिख अनत्य गर्न नियमित स्वास्थ्य परिक्षण गर्न जरुरी रहेको बताए । उनका अनुसार विराटनगर महानगरपालिकाको १८ नम्बर वडामा १५ शैयाको हस्पिटल सञ्चालन गर्ने जानकारी दिए । हस्पिटल सञ्चालनमा आएपछि नगरबासीलाई स्थानिय स्तरबाटै सहज रुपमा सेवा पाउने उनले बताए ।

विराटनगर महानगरपालिकाले दिवसको अवसरमा सुरक्षित मातृत्व सेवालाई महत्वका साथ अघि वढाउँन सवै वडामा सुरक्षित मातृत्व अभियान संचालन गरेको जनाएको छ ।

विराटनगर महानगरपालिका जनस्वास्थय महाशाखा प्रमुख भानु याङदेङले सुरक्षित मातृत्व सेवालाई स्थानिय स्तरसम्म पु¥याउनु अहिलेको आवश्यकता भएको बताए । उनले स्वास्थ्य, सुन्दर महानगरपालिका नै हाम्रो अभियान भएकाले सुरक्षित मातृत्व सेवालाई अझै प्रभावकारी रुपमा अघि वढाइने बताए ।

दिवसको अवसरमा मोरङ जिल्लाका स्वाथ्यकेन्द्र तथा अस्पतालहरुको आयोजनामा ¥याली तथा सचेतना मुलुक कार्यक्रमहरु भएको सिनियर अहेव एपोलो कुमार भगतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर