पूर्वाञ्चल खबर
लामो समय अधिकारको क्षेत्रमा क्रियाशिल तुम्बाहाम्फेलाई ओरेक विराटनगरले आयोजना गरेको कार्यक्रममा अधिकारर्मीहरुले सम्मान गर्दै बधाई दिएका हुन । तुम्बाहाम्फे महिला मानवअधिकार रक्षक सञ्जाल मोरङ अध्यक्ष हुदै केन्द्रीय सदस्य भएकी थिइन् ।
सो अबसरमा अधिकारकर्मीहरुले उपसभामुख भएपछि निति नियम कानुन बनाउने सन्दर्भमा महिला अधिकार रक्षाका लागि भुमिका खेल्न आग्रह गरेका छन ।
सम्मान पछि बोल्दै उपसभामुख तुम्बाहाम्फेले महिला अधिकार रक्षाका लागि आफ्नो तर्फबाट भुमिका निर्वाह गर्ने बताइन् । महिलाहरुले कानुनमा प्रयोग भएका कतिपय शब्दहरु परिबर्तन गर्नका लागि छलफल चलाइरहेको र कडा कानुन निर्माणका लागि आफुले खेल्नुपर्ने भुमिका निर्वाह गर्ने बताउनुभयो ।