पूर्वाञ्चल खबर
विराटनगरमा प्रेस चौतारी मोरङले आज साँझ गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभामुख तुम्बाहाम्फेले यस्तो बताएकी हुन् । उनले संविधान अनुसार फरक फरक दलबाट सभामुख र उपसभामुख निर्वाचित भएको कारण पछि एकता भए पनि फरक नपर्ने बताइन् ।
तुम्बाहाम्फेले महिला हिंसाको घटना रोक्नका लागि आफूले पहल गर्ने बताउँदै संवैधानिक दायरामा रहेर नेपाली जनताको अपेक्षा अनुसार आफू अगाडि बढ्ने बताइन् । उपसभामुख तुम्बाहाम्फेले आवश्यक बिजनेस नहुँदा संसद स्थगित भएको बताइन् । ऐन कानून निर्माणका लागि सम्बन्धीत निकायले ड्राफ्ट गरिरहेको बताउँदै उनले कानूनको ड्राफ्ट बनेपछि संसद बैठक बस्ने पनि बताइन् ।