खबर पूर्वाञ्चल
विराटनगरको सहिद रङ्गशालामा केही बेर अघि सम्पन्न रात्रीकालीन समयमा भएकोे फाइनल खेलमा सिजनकै सर्वाधिक उपाधि जितेको टिम विभागिय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को फराकीलो गोल अन्तरले पराजित गर्दै थ्री स्टार क्बल विराट गोल्डकप च्याम्पियन बनेको हो ।
थ्रीस्टारले माघमा सम्पन्न भएको सिमरा गोल्ड कपको फाइनलमा आर्मीसँग २–० गोल अन्तरले पराजित भएको बदलासमेत विराट गोल्ड कपमा लिएको छ । । थ्रीस्टारको जितमा विमल घर्तीमगरले दुई गोल र अनन्त तामाङले एक गोल गरे ।
डेढ वर्ष पछी फुटबल खेलमा फर्किएर १० फाइनल खेलेको थ्रीस्टारले विराट गोल्डकपसंगै यो सिजनमा पाँचौं उपाधि उचालेको छ । सन्तोशजनक खेल पस्कन नसक्दा यो सिजनमा ११ वटा फाइनलमा खेलेको आर्मी सिजनको आठौं उपाधिबाट विमुख बन्यो ।
थ्रीस्टारले इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकप, धरानमा बुडासुब्बा गोल्डकप र बुटवलको मदन भण्डारी गोल्डकप र बुटवलकै तिलोत्तमा गोल्डकप जितेको थियो । आर्मीले सिजनको विरगञ्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभित्ता, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन बम्भज स्मृति र झापा गोल्डकपको उपाधिमाथि कब्जा जमाइसकेको छ ।
जितसँगै थ्रि स्टारले नगद १२ लाख ७१ हजार रुपैयाँसहित आकषर्ण ट्रफि हात पार्यो भने आर्मीले पाँच लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो । निकै रोमाञ्चक भएको पहिलो हाफसम्म गोल रहित खेल बराबरी भएको थियो । दोस्रो हाफदेखि आक्रमक रुपमा प्रस्तुत भएको थ्रीस्टारले ५६ औ मिनेटमा थ्रीस्टारका अन्नत तामाङले गोल गर्दै थ्रीस्टारको खाता खोलेका थिए । अन्नतले विमल घर्तिमगरले प्रहार गरेको कर्नरलाई डिबक्स भित्रबाट हेडिङ गर्दै गोलमा परिणत गरेका थिए ।
खेलको ७५ औ मिनेटमा थ्री स्टारका माटिन्सलाई आर्मीका जितेन्द्र कार्कीले डिबक्स भित्र लडाएपछि थ्री स्टारले पेलान्टी पाएको थियो । पेलान्टी सुट आउटमा थ्री स्टारका विमलले गोल गरेका थिए । दोस्रो गोल गरेको १३ मिनेट वित्न नपाउँदै थ्रीस्टारले पुन अर्को गोल थप्दै ३ गोलको अग्रता लियो । खेलको ८८ औं मिनेटमा थ्री स्टारका बिमलले करिब ३० यार्डबाट प्रहार गोलमा परिणत भयो । विमलले गरेको गोलले टिमको जित सुनिश्त गरेको थियो ।
आर्मीका कप्तान भरत खवास, टंक बस्नेत, नवयुग श्रेष्ठले बारम्बार पाएको गोल गर्ने अवसर चुकाउँदा उपाधी विन भएर घर फकियो । आर्मीका प्रशिक्षक नविन न्यौपानेले विपक्षी खेलाडीलाई ‘मार्किङ’ गर्न नसक्दा निराशाजनक नतिजा हात पारेको बताए । ‘सुरुदेखिनै थ्रीस्टारले प्रेसर दिएर खेल्यो,’ उनले भने, ‘हाम्रा मिडफिल्डरले स्ट्राईकरलाई बल ‘सप्लाई’ राम्रोसंग गर्न सकेनन् ।’ न्यौपानेले पाएका मौकालाई सदुपयोग गर्न नसक्नु पनि दुर्भाग्यपूर्ण भएको बताए । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आत्मावल नगिराईकन र विपक्षीलाई प्रेसर दिएर खेल्दा नजिता आफ्नो पक्षमा परेको प्रतिक्रिया दिए ।
खेलको म्यान अफ फाइनल थ्रीस्टारका मार्टिन्स घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडि थ्रीस्टार अनन्त तमाङ घोषित भए । उनले मोटरसाइल पाए भने उत्कृष्ट डिफेन्स आर्मीका बिमल पाण्डे , उत्कृष्ट फरवार्डमा आर्मीका कप्तान भरत खवास, उत्कृष्ट मिड फिल्डरमा थ्री स्टारको सुनिल वल घोषित भए ।
हाइस्कोर थ्रीस्टारका विमल घर्तीमगर घोषित भए । उनले प्रतियोगिताभर चार गोल गरे । उत्कृष्ट किपर थ्रीस्टारका एलन न्यौपाने भए । उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी घोषित भए भने उत्कृष्ट व्यवस्थापक थ्रीस्टारकै मुकेश नकर्मी घोषित भए । प्रतियोगिता भरीको अनुशाति टिम नेपाल पुलिस क्बल घोषित भए । उनीहरुले जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।