खबर पूर्वाञ्चल
विराटनगरको सहिद रङ्शालमा आज राती भएको खेलमा आर्मीले अर्को विभागीय टोली साविक विजेता नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले फेरी पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले हेटौडामा माघ २० गते सम्पन्न सुमन बम्जन स्मृती गोल्डकपको फाइनलमा पुलिसलाई ४–३ को गाल अन्तरले पराजित गरेको गियो ।
निर्धारित ९० र थप गरिएको ३० मिनेटको समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टी सुटआउटमा साविक विजेता पुलिस अभागी सावित भयो । यो सिजनमा आर्मी र पुलिसको यो तेस्रो भेट हो । सबै खेलमा पुलिस पराजित भएको छ । आर्मीले यो वर्ष सिजनका सात वटा उपाधि जितिसकेको छ भने पुलिसले दुईवटा मात्रै जित्न सकेको छ ।
आर्मीको जितमा गोलरक्षक विकेश कुथुको भूमिका महत्वपूर्ण रहयो । उनले पेनाल्टी सुटआउटमा नेपाल पुलिसको एउटा प्रहार रोकिदिए । पेनाल्टी सुटआउटमा आर्मीका कप्तान भरत खवास, दिपक गुरुङ, बिवेक बस्नेत र जर्ज पिन्स कार्कीले गोल गरी टिमलाई सेमिफाइनलमा पु¥याए । पुलिसका सुमन लामा र दिनेश राजवंशीको प्रहारले मात्रै पोष्टको दिशा लिंदा। निरकुमार राई र मानबहादुर परियारको प्रयास असफल भयो । राईको प्रहार गोलरक्षक कुथुले रोकिदिए भने परियारको प्रहार बाहिरिंदा आर्मी भाग्यमानी सावित भयोे ।
खेलअवभिर पुलिसले उत्कृष्ट प्रदर्शन गरे पनि फिनिसिङ फितलो पर्दशन गर्दा र अन्तिममा तालमेल गुमाउँदाको फाइदा आर्मीले लियो । पुलिसले गोल गर्नका लागि पाएका आधा दर्जन राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा यस अघिका हारमा बद्ला लिने उसको सपना अधुरै रहयो । निकै रोमाञ्चक भएको खेलको पहिलो हाफसम्म नेपाल पुसिस क्बलले आर्मीलाई दावावमा राखेको थियो । पहिलो हाफममा आक्रामक रुपमा प्रस्तुत भए पनि पुलीसले गोल गर्न सकेन ।
दोस्रो हाफ पछी आक्रमक रुपमा मैदानमा उत्रेको आर्मीले पनि गोल गर्ने धेरै अवसर गमाउँन पुग्यो । नेपाल पुलिसका खेलाडी सुमन लामाले खेलको ७५ औ मिनेटमा डिबक्स भित्रबाट प्रहार गरेको गोल आर्मीका गोल रक्षक बिकेश कुथुले पञ्च गरी उत्कृष्ट बचाए । पुलिसले बारम्बार पाएको गोल गर्ने अवसर शसक्त प्रहार गर्नबाट चुक्यो ।
आर्मीका कप्तान भरत खवास, टंक बस्नेत, नवयुग श्रेष्ठले समेत पाएको सुन्दर गोल गर्ने अवसर चुकाएका थिए ।
आर्मीका प्रशिक्षक नविन न्यौपानेले आशा गरिए अनुरुपको नतिजा प्राप्त हुन नसकेको बताए । उनले पहिलो हाफमा धेरै खेलाडी परिवर्तन गर्नु पर्दा पुलिसको दवाव झेल्नु परेको बताए । रक्षा पंक्ती र पोष्ट एट्याकलाई मात्रै ध्यान दिएर खेलाडी मैदानमा उत्रिएको बताउँदै न्यौपानेले भने, ‘सुरुमै राम्रा खेलाडी घाइते हुँदा सुरुमै जित निकाल्न सकिएन ।’ पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि नजिता निकाल्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले अन्तिम समय सम्म संघर्ष गरे पनि फिनिसिङमा समस्या आउँदा पराजित भएको स्वीकारे ।
खेलको म्यान अफदी म्याच नेपाल पुलिसका रवि पासवान घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । बिहीबार अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टारबीच प्रतिष्पर्धा हुने छ ।