AArya
RUMPUM
animated ellipse animated ellipse

वार्नरले रुँदै भने – अब अन्तराष्ट्रिय क्रिकेटमा नफर्किने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ चैत्र २०७४, शनिबार १४:१४
3
Shares
सिड्नी, १७ चैत / बल टेम्परिङ विवादमा फसेपछि अष्ट्रेलिया ब्याट्सम्यान डेभिड वार्नरले अन्तराष्ट्रि खेलमा कहिले नफर्किने घोषणा गरेका छन् ।

३१ वर्षे वार्नरले आज पत्रकार सम्मेलन गर्दै माफि मागेका छन् । उनले क्रिकेट समर्थकको भावनामा चोट र्पुयाएको भन्दै अबदेखि कहिल्यै अन्तराष्ट्रिय नखेल्ने गरी राजीनामा दिएका हुन् । वार्नरमाथि अष्ट्रेलिया क्रिकेट बोर्डले एक वर्षको प्रतिवन्ध लगाएको छ ।

दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्टका क्रममा भएको बल टेम्परिङको योजनाकार मानिएका वार्नरले घटनाको सम्पूर्ण जिम्मेवारी लिन्छु । साथै उनले आँखाभरी आँसु पार्दै क्रिकेट अष्ट्रेलियाका सबै समर्थकसँग माफी मागेका छन् । उनले क्रिकेट अस्ट्रेलियाले गरिरहेको अनुसन्धानमा पूर्ण सहयोग गर्ने पनि प्रतिबद्धता समेत व्यक्त गरे । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर