RUMPUM
animated ellipse animated ellipse

महासंघ श्रमजीविको पक्षमा-अध्यक्ष आचार्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०७४, मंगलवार २०:१३
3
Shares
विराटनगर,१३ चैत/ नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले श्रमजिवी पत्रकारहरुको हकहितको क्षेत्रमा महासंघ सधै लागि पर्ने बताएका छन् ।

आज न्यूनतम पारिश्रमिक निर्धारण समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले श्रमजिवी पत्रकारको क्षेत्रमा महासंघ लागि पर्ने बताएका हुन् ।

महासंघमा नयाँ नेतृत्व आएपछि १९ वटा श्रमजिवी पत्रकारहरुको उजुरी आएको बताउँदै आचार्यले त्यस मध्ये १८ वटा उजुरीको समस्या सामधान गरेको र बाकी एक कानुनी प्रकृयामा गएको बताए ।

प्रेस स्वतन्त्रताको रक्षा गर्दै महासंघले श्रमजिवी पत्रकारहरुको हकहित र न्यूनतम पारीश्रमिकका बिषयमा मस्यौदाको ड्राफ्ट तयार पारेर सरकारलाई बुझाउने तयारी भैरहेको उनले बताए ।

व्यावसायीक सञ्चार प्रतिष्ठानलाई सेवा उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै आचार्यले संघिय संरचना अनुसार पत्रकार महासंघलाई लैजाने तयारी भैरहेको बताए । पहिलो पटक सघिय संरचना मार्फत बैसाख २२ गते सातवटै प्रदेशमा निर्वाचन हुन लागेको उनले जानकारी दिए ।

कार्यक्रममा न्यूनतम पारीश्रमिक निर्धारण समितिका संयोजक गंगाधर पराजुलीले कागजमा न्यूनतम पारीश्रमिक दिएको उल्लेख भएपनि व्यावहारमा कार्यन्यन नभएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्टले न्यूनतम पारिश्रमिकका विषयमा आवाज उठेपनि कार्यन्यन नभएको गुनासो गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साल, अग्रज पत्रकार मोहन भण्डारीलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर