खबर पूर्वाञ्चल
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) मोरङले आज जिल्ला शिक्षा कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएका हुन् ।
सामुदायिक विद्यालयहरु शैक्षिक गुणस्तर सस्किदै गएको चिन्ता व्यक्त गर्दै उनीहरुले नयाँ शैक्षिक शत्रदेखी जिल्लाको सम्पूर्ण सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउनुपर्ने उनीहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै निजी विद्यालयहरुले शिक्षा नियमावली मिचेर बढाएको शुल्क खारेज गर्नुपर्ने, विद्यार्थीको सर्टिफिकेटका आधारमा शैक्षिक लोन दिने व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय आवस्यकताको पहिचान गरी सोही अनुसारको पाठयक्रम र प्रविधिको निमार्ण गरि आवश्इक जनशक्ति तयार गर्नुपर्ने, सेमेस्टर प्रणालीका आवश्यक पूर्वाधार शैक्षिक गुणस्तरीयता कायम गरी व्यवस्थीति गर्नुपर्ने लगायतको माग राखेका छन् ।
विद्यार्थीहरुले राखेको माग अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी मोरङका संयोजक ताजिम अन्सारीले मोरङका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीलाई हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र बुझाउँदै संयोजक अन्सारीले विद्यार्थी संगठनको माग मध्ययनजर राख्दै आगामी दिनमा कार्यन्वयन गर्न आग्रह गरे । यता ज्ञापनपत्र बुझदै जिशिका प्रमुख पुरीले विद्यार्थी संगठन मागलाई कार्यन्वयन गर्न अग्रसर हुने आश्वासन दिए । त्यस्तै अखिलले सोही दिन महेन्द्र मोरङ क्याम्पसमा समेत ज्ञापन पत्र बुझाएको छ ।