AArya
RUMPUM
animated ellipse animated ellipse

मारवाडी क्रिकेट लिग शनिबारदेखि शूरु हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ चैत्र २०७४, शुक्रबार १२:५४
3
Shares
पुष्पराज थपलिया
विराटनगर, ९ चैत /नेपाल राष्ट्रिय मारवाडी यूवा संगठनको आयोजनामा नेपाल मारवाडी क्रिकेट लिगको तेस्रो सस्करण शनिबारदेखि शूरु हुने भएको छ ।

आयोजक मारवाडी यूवा संगठनले विराटनगरमा आज पत्रकार सम्मेलन गरि प्रतियोगिताक बारैमा जानकारी गराएको छ । खेल सम्योजक सन्दीप लालवानीले शनिबारदेखि हुने प्रतियोगिता विराटनगर र भैरहवामा एकै पटक खेल शूरु हुने जानकारी दिए । लीगकम नकआउटको आधाररमा खेलाइने प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्ने सम्योजक लालवानी बताए ।

लिगको आधारमा खेलाईने खेलको प्रथम र दोस्रो हुने सेमीफाइनलमा प्रवेश गर्ने छ । विराटनगर र भैरहवाको फाइनल विजेताले चैत १८ गते काठमाण्डौंमा हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्ने छ । विराटागरमा हुने खेलमा विराटनगरको ३, ईटहरी, राजविराज र भद्रपुरको टिम तथा भैरहवामा नेपालगञ्ज, भैरहवा, बुटबल, नारायणगढ, जनकपुर र हेटौडाका टिमले प्रतिस्पर्धा गर्ने छ ।

विजेताले ७५ हजार तथा ट्रफि र उप विजेताले ३१ ह्जार तथा ट्रफि हात हात पार्ने छ । प्रतियोगिता सम्मपन्न गर्न करिव १२ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । दोस्रो सस्करण विराटनगरको महालक्ष्मी रोयल्सले जितेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर