पूर्वाञ्चल खबर

योसगै बषौ पछि आज उनीहरु आफ्नै घरमा बस्न पाएका हुन् । सहयोगी संघसस्थाका प्रतिनिधी सहित कानेपोखरी गाउँपालिकाकी उपप्रमुख राजकुमारी इङनाम, ५ नम्बर बडाका बडाअध्यक्ष चरण गुरुङले आमाछोरीलाई घरको चावी हस्तान्तरण गरेका छन् ।
करिव चार महिना अधि महिला तथा वालवालिका कार्यालय मोरङ, ओरेक नेपाल , इन्सेक र सञ्चारकर्मीको सहकार्यमा उद्धार गरी विराटनगर ल्याएर आरेकको सुरक्षा आवाशमा राखिएको थियो ।
कुस्मी र अपाङगता भएकी(बोल्न नसक्ने) दयावतीको घर पुलमुनीको ओढार र पेशा सालको पात र निगुरो ब्यापार थियो । दैनिक साथिहरुसँग जंगल जाने पात र निगुरो टिपेर ल्याउने ब्यापार गर्ने उनीहरुको दिन चर्या हो । त्यही आम्दानीबाट उनीहरुले छाक टार्दै आएका थिए ।
अपाङगता भएकी छोरीसंगै कष्टकर जिवन विताउँदै आएकी कुस्मीको घर(ओढार)मा नत घेरावार , नत पानी विजुली नै थियो । अब पानी लगायत सुविधाको ब्यवस्था गरि दिने गाउँपालिका उपप्रमुख इङनामले बताइन् । पुलको छानोबाट टिनको छानो र घेरावारा विहिन ओढारबाट आफ्नो घर पाउँदा धेरै खुशी लागेको कुस्मीले बताइन । आफ्नो नागरीकता भएपनि कुस्मीले छोरीको नागरीकता बनाउन सकेकी छैनन ।
महिला वालवालिका कार्यालय मोरङकी प्रमुख दुर्गा बरालले गाउँपालिकाको सहयोगमा नागरिकता बनाएपछि अपाङगता परिचय पत्र बनाउने र सामाजिक सुरक्षा भक्ताको ब्यवस्था गरिदिने बताइन् ।