AArya
RUMPUM
animated ellipse animated ellipse

महिला मञ्चको पनी ध्यनाकर्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७४, सोमबार १८:२३
3
Shares
विराटनगर, ५ चैत/ विराटनगरमा भर्खरै सम्पन्न महिलावादी मञ्चले पारित गरेको घोषणा पत्रमा उल्लेख गरेका विषयहरु प्रदेश सरकार तथा स्थानीय सरकारले अब बनाउने कानुनमा समाबेश गराउन माग गर्दै आज १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गराइएको छ ।

मञ्च आयोजक समिति तथा अन्य अधिकारकर्मीले भेलाले पारित गरेको १२ बुद्धे घोषणा पत्र र स्थानीय तहका जनप्रतिनिधीहरुले महिला अधिकार रक्षाको लागि बनाएको ८ बुद्धे आचारसहिता बुझाएको हो ।

महिलाबादी मञ्च मुल आयोजक समिति संयोजक मञ्जीता उपाध्यायले प्रदेशमा अब बन्ने कानुनमा भेलाले उठाएका विषयहरुलाई पनि समाबेश गर्न आग्रह गर्दै ध्यानाकर्षण गराइएको बताइन ।

मुख्यमन्त्री राईले महिलाहरुको मुद्धामा प्रदेश सरकार सकारात्मक र गम्भीर रहेको बताए । उनले अहिले संविधानलेनै महिलाहरुको सहभागिता प्रष्ट गरेको बताउदै महिलाका मुद्धा र सहभागिता बृद्धि हुदै जानु खुसीको कुरा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर