खबर पूर्वाञ्चल
आज स्कूलको प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब मनाएको हो । कार्यक्रममा स्कूलको आन्तरीक खेलकुद तथा अन्य क्रियाकलाप उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएके छ । स्कूलमा अध्ययनरत बिद्याथीहरुले मौलिक सस्कृतीक झल्काउने नृत्य, नाटक गितलगायतका विभिन्न कार्यक्रमले उपस्थीत अथिती, अभिभावक, शिक्षकलागाएत सवैलाई दिनभर मनोरञ्जन प्रदान गरेको थिए । सोही अवसरमा बिद्यार्थीले बनाएको हस्तकलाका सामाग्री समेत प्रर्दशन गरिएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथी रंंगेली नगर पालीकाका प्रमुख दिलिप बगडीयाले मेरो लागि सरकारी बिद्यालय र निजि बिद्यालय सबै बराबर रहेको र अबका दिनमा निजिलाई पनि सहयोग गर्ने प्रतिव्रधता जनाएका छन । उनले भने निजि बिद्यालयले शुल्क भने कम गर्नु पर्ने कुरामा जोड दिएका थिए । ग्रामीण क्षेत्रमा रहेर पनि रगेलीका निजि बिधालयले गरेको सफलताको प्रशासा समेत गरेका थिए ।
प्याब्सन मोरगका अध्यक्ष समेत रहेका प्रीन्सीपल सुनिल पौडेलले आफ्ना बिद्यार्थीहरु लण्डनबाट पि एज डी डाक्टर ,नर्स ,प्राध्यापक समेत भएको बताए । कार्यक्रममा बिद्यालयका संस्थापक नविन्द्र बिक्रम शाहको सभापतित्वमा भएको छ ।