खबर पूर्वाञ्चल
डिग्री कलेज विराटनगरका प्रमुख डा. मनोजकुमार राउतको प्रमुख आथित्यतामा भएको कार्यक्रममा कलेजले आयोजना गरेको खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
सोही अवसरमा २०७३ सालको बिएससी सिएसआइटी परीक्षाको पहिलो सेमेस्टरमा प्रदेश नम्बर १ टप गर्ने विद्यार्थी अनिशा दाहालाई पुरस्कृत गरिएको छ । नगद ६ हजार सहित उनलाई सम्मानित गरिएको प्रवन्ध निर्देशक निरिस श्रेष्ठले जानकारी दिए ।