खबर पूर्वाञ्चल
सामाजिक तथा विकास निर्माणका काममा क्रियाशिल श्रेष्ठले आवतजावतमा सहजता होस भनेर झण्डैं आधा किलोमिटरको बाटो निर्माण पछि ग्राभेल गरिदिएका हुन् । यस अघि त्यहा कोहि बिरामी हुँदा बोकेर बाटो सम्म लानु पर्ने बाध्यता थियो । अहिले आगनै अगाडी बाटो पुगेको छ ।
सुन्दरको सामाजिक कामको कारण गाउँको स्वरुप नै फेरिदै गएको छ । उनको उक्त कामको स्थानीयले खुलेरै प्रशंषा गर्छन । सुन्दर भाईले गाउँको विकासमा धेरै काम गरिरहनुभएको छ, आजभोली उर्लाबारी ९ मा स्थानीय यस्तै प्रशंषा गर्छन । कहिले स्कुलमा सहयोग त कैले सडकको बत्तिमा उर्लाबारी ९ का वडा अध्यक्ष बम फ्याक भन्छन्, खेलकुद तथा दुख बिराममा परेकालाई पनि भाईले धैरै सहयोग गर्नुभएको छ । उहाँको कामले छिमेकी तथा एउटै वडाको हुनुमा खुशी लाग्छ ।
सुन्दरले हिजो आफुले भोग्नु परेका समस्याहरु सम्झिदै सामाजिक काममा लागेको बताउँछन् । निकै दुख कष्ट र संघर्ष गर्दै यो स्थानमा आईपुगेको हुँ, सुन्दर भन्छन्, गाउँघरको विकास नै मेरो मन रमाउँछ । सुन्दरले निर्माण गरिएको बाटोमा बिजुलीको पोल गाडीसकिएको छ । तार जडान भएपछि त्यहा बत्ति जडान गरि झलमल्ल बनाईदिने सुन्दरले बताए ।