AArya
RUMPUM
animated ellipse animated ellipse

आन्दोलनकारीले विराटनगरको सरकारी कार्यालय खोजी–खोजी गरे आगजनी ( फोटो फिचर )

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ भाद्र २०८२, मंगलवार १६:२१
450
Shares
विराटनगरको कर कार्यलय अगाडी आगजनी गर्दै आन्दोलनकारी । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / जेनजी समूहको आन्दोलनकारीले सरकारी कार्यालय खोजी–खोजी आगजनी गरेका छन् ।

आन्दोलनकारीले आज सरकारी कार्यालय खोजी खोजी आगजनी गरेका हुन् । प्रदर्शनकारीको आन्दोलन उग्र भएपछि सुरक्षाकर्मी व्याक भएका छन् ।

सुरक्षाकर्मी पछि हटेका कारण बजारमा प्रदर्शनकारीले सरकारी कार्यालय खोजीखोजी आगजनी गरिरहेका छन् । आगजनी गर्ने समूहले चोरी र लुटपाट समेत गरेका छन् ।

आन्दोलनकारीले कोशी प्रदेशसभा भवनमा आगजनी गरेका छन् । कर्फ्यू उल्लंघन गर्दै प्रदेशसभा भवन प्रवेश गरेर आन्दोलनकारीले आगजनी गरेका हुन् । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पनि आगजनी भएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय मोरङमा पनि आगजनी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय नजिकै रहेको हुलाक कार्यालयमा पनि आगजनी भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङको सरकारी निवासमा तोडफोड र सवारीमा आगजनी भएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा पनि आगजनी भएको छ । विराटनगरमा रहेको आन्तरिक राजश्व कार्यालयमा पनि आगजनी भएको छ ।

जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा आगजनी भएको छ । नेकपा एमालेको पार्टी कार्यालय पाञ्चालीमा पनि आगजानी गरेको समूहले सरकारी कार्यालय खोजेर आगजनी गरिरहेका छन् । आन्दोलनकारीले सरकारी कार्यालयमा आगजनी गर्दै कार्यालयमा रहेका सामान पनि उठाएर लगिरहेका छन् ।

विराटनगरको मेनरोड र कोशी राजमार्गको चोकचोकमा टायर बालेर प्रदर्शन भइरहेको छ । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर