खबर पूर्वाञ्चल
पूर्वाञ्चल मानव अधिकार रक्षक संजाल ,इन्सेक, ओरेक, जागरण नेपाल, सिविन, बपरडेक, सञ्चारकर्मीहरुलगायत १८ बटा संघसस्थाको टोलीले हत्यावाआत्महत्या के हो प्रमाणसहित पुष्टी गर्दै पीडितलाई न्याय सहितक्षतिपुर्ति दिनमागगर्दै ज्ञापन पत्रबुझाएको हो ।
पढाई दिने बाचामा घरेलु कामदारका रुपमा ललितपुर महालक्ष्मीनगरपालिका ३ बस्ने विनय दाहाल र लीना सिलवालले बालिकाको अभिभावकसँग ११ महिना अघि सम्झौता गरी कामदारका रुपमालानु र बालिकाले आत्म हत्या गरेको भन्दै सबुत प्रमाण बिना मृत्तकको शव जिम्मा दिनुले यस घटनालाई शंकास्पद बनाएको ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।
त्यसैगरी ज्ञापन पत्रमार्फ गत एक जना अभिभावकलाई विमान मार्फत काठमाण्डौँ पु¥याईनु र पहिले हस्ताक्षरपछि मात्र शव जिम्मा दिनु कतिन्यायिक छ ? यदि बालिकाले भुण्डिएर आत्म हत्या गरेको हो भने अभिभावकको उपस्थिती बिना डोरी काटिएको, अभिभावकको उपस्थिती बिना कुन आधारमा लासको पोष्टमार्टम गरेको, शवको प्रकृतिलाई हेर्दा झुण्डिएर आत्महत्या गरेको हो भने पनि हत्केलामा निल डाम र हातका विभिन्न भागमा धारिलो हतियारले काटेको लास हेर्दा देखिनु शंखास्पद भएको उल्लेख गरीएको छ ।
शवको देब्रे गालामा निर्मम कुटपटिबाट अस्वाभिवक रुपमा गाला फुलेको देखिन्छ । झुण्डिएर आत्महत्या गरेको ब्यक्तिको एउटा गालो सामान्य र अर्को गालो निलडामयुक्त र फुलेको देखिन्छ । बालिकाको शव जिम्मा दिए पश्चात आमा गुलजरीलाई दुई हजार रुपैयाँ बाटो खर्च र २ जना एम्बुलेन्स ड्राइभरको भरमा राता रात विराटनगर शव पठाएकामा मप्रश्नहरुले घटनालाई शंकास्पदबनाएको समेत विज्ञप्तीमा उल्लेख गरीएको छ ।
आइसाले गहना र पैसा चोरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ भनेर आमालाई लगिएको भएपछि त्यहा पुर्याएको भोली पल्ट मात्र छोरीले आत्म हत्या गरी भन्दै शब दिनुले घटना शंकास्पद बनाएकोले प्रशस्तै प्रश्न उब्जाएको भन्दै सत्य तथ्य छानविन गर्न माग गरिएको इन्सेक क्षेत्रीय कार्यालय विराटनगर संयोजक सोमराज थापाले बताए । आमालाई शब विराटनगर पठाएपछि गत आइतबार स्थानीयले विराटनगरमा शब सहित घटना छान विनको माग गरेका थिए । उनीहरुले सोमबार स्थानीय सिघिया खोलामा दाहसस्कार गरेका छन ।
यसरी कानुनी राज भएको मुलुकमा एउटा निर्दोष बालिकाको ज्यान जानु र यसका कारणहरु यकिन नभई घटनाबारे उब्जिएका प्रश्नहरुको निराकरण नहनुले हामीलाई कानुनको उपहास भएको महसुस भएकोले घटनाप्रति गम्भीर रुपमा छानबिन गरी घटनाको वास्तविकता बाहिर ल्याउन आग्रह गरीएको समेत थापाले बताए ।