युवा सामाजिक अभियन्ताद्वारा दुई सय परिवारलाई खाद्यान्न वितरण

खबर पूर्वाञ्चल, २३ जेष्ठ २०७८, आईतवार १६:००

विराटनगर/ निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएको अवस्थामा विराटनगरका सामाजिक अभियन्ताहरुले आज विराटनगरमा खाद्यान्न वितरण गरेका छन् ।

म्याप ट्राभल एण्ड टुर्स विराटनगर–११ र विजय ट्रेर्डस –६ ले विराटनगर –११ का दुई सय जना घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

मनोज साह, टिकामान कार्की, विजय साह , विमल पोखरेल र सरोज श्रेष्ठले भोको पेट वस्नु परेका समस्यामा परेकाहरुलाई दुई दिनको अवधिमा १३ केजी चामल, खानेतेल, नुन, दाल लगायतको खाद्य सामग्री घर–घरमा गै वितरण गरिएको छ ।

निषेधाज्ञाको समयावधि थप भएमा आगामी दिनमा अन्यलाई पनि खाद्यान्न सहयोग गर्ने सामाजिक अभियान्ता मनोज साहले बताए ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५