AArya
RUMPUM
animated ellipse animated ellipse

लिगको अन्तिम खेल हङकङँसँग आज खेल्दै नेपाल, पराजित भए रेलिगेशनको खतरा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ फाल्गुन २०७४, सोमबार ०५:२१
3
Shares
विराटनगर, २८ फागुन /आइसिसी एकदिवसीय विश्वकप छनोटमा लगातार तीन खेलमा पराजय भएपछि एकदिवसीय मान्यता पाउने र सुपर ६ मा पुग्ने नेपालको लक्ष्य कठीन भएको छ । यद्यपी अन्तिम खेलमा नेपाल नेट रन रेट सुधार्दै जित हात पारे मात्र नेपालले सुपर ६ मा पुग्ने छ ।

हङकङविरुद्ध उत्रँदा नेपालसामू सुपर सिक्समा पुग्नभन्दा पनि एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न यो खेल जित्ने पर्ने दबाव हुनेछ ।

समूह ’बी’ को अंक तालिकाको पुछारमा रहेको नेपालले आज जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा हङकङको सामना गर्नेछ । खेलमा नेपालले जित हात पारे एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी रहनेछ ।

पराजित भए पनि नेपालको एकदिवसीय मान्यता पाउन समूह ’ए’ को नजितामा भर पर्नेछ। समूह ’ए’ नेदरल्यान्ड्स सुपर ६ पुगे तथा यूएई बाहिरिए नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी रहनेछ । तर यो समिकरण पूरा हुन पनि कठिन छ । किनकी युएई २ खेलमा जित निकाल्दै सुपर ६ नजिक छ ।

स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बीबाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एकदिवसीय मान्यता पाउने बाटो यसपटकका लागि सकिनेछ । यस मध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ ।

सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रमश प्लेअफ हुनेछ । समूह ‘ए’मा चौथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।

दुवै खेलको विजयी टोलीले सातौं स्थानका लागि खेल्नेछ, भने हार्ने दुई नवौं स्थानका लागि आमने–सामने हुनेछन् ।

यदि प्लेअफको पहिलो खेल जितेमा सातौं स्थानका लागि हुने खेल पनि जितेर एकदिवसीय मान्यता पाउन सकिन्छ । त्यसका लागि स्कटल्याण्डजस्तै युएई र हङकङ दुवै सुपरसिक्समा पुग्नु हुँदैन, कम्तीमा एक टिम असफल हुनुपर्छ ।

नेपाल र हङकङको हेड टु हेड इतिहासमा नेपाल अगाडि छ । अहिलेसम्म यी दुई टोली १२ पटक आमने सामने भएकोमा ६ पटक नेपालले जितेको छ भने ५ पटक हङकङ हावी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर