पूर्वाञ्चल खबर
संघले विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि नेपाल पत्रकार महासंघ मोरङ शाखालाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष संजिव खनाललाई औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । संघले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर समाजिक कार्य अनुरूप मोरङका संचारकर्मीहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको प्रवक्ता तथा संघका उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए ।
यसअघि पनि पहिलो चरणमा कोरोना संक्रमण फैलिएको बेला संघले जनताको सुरक्षामा खटिने मोरङका इलाका प्रहरी कार्यालयहरूमा पुगेर स्वास्थ्य सामाग्री प्रदान गरेको थियो । दोस्रो लहरको संक्रमण सुरू भएपछि संघले आउँदा दिनहरूमा विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि स्वास्थ्य सामाग्री वितरण गर्ने प्रवता ढकालले जानकारी दिए । ‘हाम्रो अभियान पत्रकार महासंघबाट सुरू भएको छ,’ उनले भने, ‘सामाजिक उत्तरदात्यिव अन्र्तगत रहेर विभिन्न संघसंस्थामाहरूलाई संघले स्वास्थ्य सामाग्री वितरण गर्नेछ ।’